कुमार खड्का पौष १०,पथरी मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयका आर्किटेक इन्जिनियर घिमिरे माथी लागेको आरोपका सम्वन्धमा छानविन गर्न कार्यालयले मंगलवार एक समिति निर्माण गरेको छ ।
नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले १ नम्वर वडाध्यक्ष वाबुराम एङ्देन, २ नम्वर अध्यक्ष यामप्रसाद गुरागाईं, ४ नम्वर अध्यक्ष गोविन्दवहादुर भण्डारी र ८ नम्वर अध्यक्ष बाबुराम दहाल रहेको समिति निर्माण गरेको हो ।
समितिले १ साताभित्र सत्यतथ्य पत्ता लगाई नगर कार्यपालिकामा पेश गर्ने निर्णय भएको नगर प्रमुख राईले बताए ।
नगरपालिकाका आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेको कामकारवाहीमाथि ग्रिनल्याण्ड कन्सल्टेन्सीका सञ्चालक हेमन्त विष्टको अगुवाईमा कन्सल्टेन्सीमा आवद्धहरुले उजुरी गर्दै नगरपालिका कार्यालयलाई नै त्यसमा मुछेर आरोप लगाएपछि छानविन थालिएको हो ।
आर्किटेक इन्जिनियर घिमिरे माथी लागेको आरोप यस्तो थियो
पथरीशनिश्चरे नगरका इन्जिनियर अरुण घिमिरे क्षेत्रीले व्यक्तिगतरुपमा नगरपालिका भित्रै कन्चनेश्वर कन्सल्टेन्सी संचालन गर्दै आएको निजि कन्सल्टेन्सि सञ्चालक हरुको दावी रहेको छ ।
नगरमा घरजग्गा नक्सा पासमा स्कुवार फुटको कुल रकमको ५० प्रतिशत धरौटी नगरको खातामा राख्नु पर्ने प्रावधान छ । घर निर्माण गरिसके पछि ५० प्रतिशत रकम राखेको भौचर सहित निवेदन लिएर फिर्ता रकम माग्दा इन्जिनियर घिमिरे क्षेत्रीले सहि गर्न आलटाल गर्दै आएको पिडित पक्षको भनाई रहेको थियो ।
घर नक्सा पास सम्बन्धि काम गर्दा नगरका १६ जनाको घर बनाउँदा नगरमा राखेको धरौटी रकम काम सम्पन्न पछि फिर्ता माग्न जादा फिर्ता दिन नमाने पछि यस्तो रहस्य बाहिर आएको थियो ।
घिमीरेको यस्तो चरित्रले अहिले सम्म नगरका १६ जना नागरिक पिडित बनिसकेको पिडित मध्येका एक काशिदत्त अधिकारीले मंसिर २५ स्थानिय मनोहर पार्कमा निजी कन्सल्टेन्सि सञ्चालक हरुले आयोजना गरेको पत्रकार सम्मेलनमा सो बताएका थिए ।
सेवाग्रहिको काममा ढिला सुस्ती गर्दै घुस लिने गरेको स्थानिय कन्सल्टेन्सि सञ्चालक हरुको भनाई रहको थियो ।
इन्जिनियरको व्यक्तिगत कन्चनेश्वर कन्सल्टेन्सीमा सर्वसाधरणले काम गर्दा छिटो गरिदिने र अरु निजि कन्सल्टेन्सीबाट आएको काम रोकिदिएर दुःख दिनुका साथै इन्जिनियर फिल्डमा गएर पनि घुस माग्ने र प्राविधिक फाटमा नवसेर प्रशासन फाटमा बस्ने गरेकोले सेवाग्राहिले खोज्न र बोलाउन दुःख पाउने गरेको पत्रकार सम्मेलनमा विष्टले बताएका थिए ।
यता इन्जिनियर अरुण घिमिरे क्षेत्रीले आफुलाई घुस खाएको आरोप मात्र लगाएको बताउँदै सबै सेवा ग्राहिको काम तलमाथि नगरी गरेको उनले टेलीफोन समपर्कमा बताएका थिए ।