• कुमार खड्का पौष ११,पथरी मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर २ मा स्थायी वसोवास गर्दै आएका हरि प्रसाद गजुरेल आफ्नी आमाको नाममा भएको १२ कठ्ठा १० धुर जग्गा मध्ये ११ कठ्ठा जग्गा जालसाझी गरि विक्रि भएको थाहा पाएपछि न्यायको खोजीमा भौतारिन थालेका छन् । विगत २५ वर्ष अगाडि देखी आमालाई आफुले रेखदेख गर्दै आएको भएतापनि आफु पारिवारीक कामले ईलाम गएको वेलामा घरमा आई आमालाई ललाई फकाई ज्वाई यदुनाथ वाग्लेले सासु आमालाई विराटनगर लिएर गएको आफु ईलाम वाट पर्किएपछि थाहा पाएको उनि बताउछन् ।



    सो वारेमा बुझन लाई पटक–पटक फोन समपर्क गर्दा पनि फोनमा कुरा हुन नसके पछि करिव १ हप्ताको फोन समपर्क पछि उता वाट आमा विरामी परेको अवस्थामा आफुले लिएर आएको जानकारी दिएको र अफुले जानकारी गराएर किन नलेको भन्दा त्यो वेला समपर्क हुन नसकेको प्रतिउत्तर ज्वाईले आफुलाई दिएको र फेरि आफुले छरछिमेक लाई जानकारी गराएर लगेको भए पनि हुन्थ्यो नि त ? भन्दा ज्वाईले जवाफमा सो समयमा आमाको अवस्था अनुसार त्यति सोध्ने समय आफु सग नभएको जावाफ दिएको गजुरेल वताउछन् ।
    त्यसको केहि समय पछि ज्वाई वाग्लेले आमाको उपचारमा आफुले विभिन्न समयमा गरेर ४ लाख र स्वः ससुरा महानन्द गजुरेलको काममा १ लाख ६० हजार रुपैया आफ्नो व्याक्ति गत खर्च भएको जानकारी गराएपछि सो बापतको विल भर्पाई आफुले माग्दा नदिई आमालाई ललाई फकाई गरि आफ्नो घर लगेको उनि वताउछन् ।
    त्यसको केहि समय पछि वाग्ले मातहतका केहि मान्छे आमाको नाममा भएको सो जग्गा खरिदका लागी आएको आफुले थाहा पाएपछि खरिद गर्न आउने हरुलाई आफुले फर्काईदिएको वताउदै गजुरेल भन्छन् –“गाँउका छरछिमेक वाट ज्वाईका मातहतका मान्छेहरु वारम्वार सो जग्गा हेर्नका लागी आईसकेको थाहा पाएर गाँउकै साथीभाईको सल्लाहामा सो जग्गाको खरिद विक्रि रोक्का गरि पाँउ भनि आफुले वडा नम्वर २ को कार्यलयमा निवेदन दिएको हुँ ” ।
    ससुराको मृत्यु र सासुको उपचारमा खर्च भएको कारण देखाउदै सासु पालेको वाहानमा वाग्लेले आमालाई ललाई फकाई आमाको नाममा भएको जग्गा विक्रि वितरण गर्न खोजेको आफुले थाहा पाएपछि नगरपालिकाको न्यायीक समितिमा आफुले न्याय पाउ भनि निवेदन दिएको र सो निवदेन माथि भदौ ८ गते विहान ११ बजे सम्म भएको छलफलको निशकर्ष अनुसार आमाको नाममा भएको जग्गा मध्येको ४ कठ्ठा जग्गाको विक्रि गरि समपुर्ण ऋण तिरोभरो गर्ने र बाकी रहेको रुपैया आमाको नाममा बैङ्कमा जम्मा गरि राख्ने र ८ कठ्ठा १० धुर जग्गा आमाको नाममा रहने र आमाको शेखापछि दाजुभाईले अंशबण्ड गर्ने सहमति भएको र सो बाकी रहेको जग्गा मा दाजुभाई मध्ये जो कसैले अधिया ठेक्का लिएर सो बापतको आमालाई मानो भर्ने सहमति भएको र सोहि व्याहोराको कागज वेलुकी गर्ने सहमति भएको तर कागज नै उल्टो लेखी आफुलाई जालसाझि गरेको त्यसको केहि दिन पछि आफुले थाहा पाएको गजुरेलले बताएका छन् ।


    विश्वाशका आधारमा आफुले नपढि नसुनी सो कागजमा सहि छाप गरेको तर कागज १ कठ्ठा १० धुर राखेर अन्य वाकी जग्गा विक्रि गर्ने सहमति विपरितको उल्टो कागज वनाई आफुलाई छक्याएको थाहा पाएपछि पुन आफु सो कुराको निवेदन गर्न न्यायपालिका जादा न्यायीक समित संयोजक यमुना विष्ट वास्तोलाले न्यायपालिको कुनै गल्ती नभएको तर काम गर्ने हरुले गलत काम गरेको ले उनिहरु जो कोहि भएतापनि कानुनि कार्वाहि गराउन आफु लागि पर्ने बताएतापनि सो विषयमा कानुनि उपचारमा ढिला हुदा भित्र भित्रै मिलेर जग्गाको विक्री कारोवार भईसकेको उनि वताउछन् ।
    यस विषयमा हरि प्रसादका ज्वाई यदुनाथ वाग्लेलाई बुझ्दा वाग्ले यसो भन्छन् –“आफुले कुनै लोभ र लालचमा परेर कुनै पनि छलकपट नगरेको आफुले सिर्फ आमालाई त्यो अवस्थामा देख्दा आफ्नो धर्म मात्र निभएको तर म माथि गलत आरोप लागीरहेको छ ।” उनि उनि भन्छन्
    वडा नम्वर २र३ को सिमानामा रहेको सो जग्गा सरकारी श्रेष्ता अनुसार साविक मधुमल्ला ६÷त को श्रेष्तामा रहेको र वडा नम्वर ३ को जग्गाको श्रेष्ता साविक अमरदह ४÷त मा रहेको आफुले सधियार हरुको नक्सा चेक जाँच गर्दा भेटेको तर ६÷त मधुमल्ला हालको पथरीशनिश्चरे वडा नम्वर २ भएतापनि वडा नम्वर ३ वाट सिफारिस भएको मा आफु कसरी यस्तो भयो भनि अन्योलमा परेको गजुरेल वताउछन् ।


    केही समय अघि सम्म अबिबाहित छोरा हरि प्रसाद गजुरेल, आमा द्रुपदा गजुरेल र छोरी पबित्रा गजुरेल एक परिवार भई बस्दै आएका थिए । आमा द्रुपदा छोरा हरि र छोरी पबित्राले अभद्र ब्यावहार गरेको भन्दै आमा हाल कान्छी छोरी ज्वाईकोमा बस्दै आएकी छिन ।
    आमाको जिउनी जग्गा १२ कठ्ठा १० धुर जग्गाको विषयमा बिबाद भएपछि भाद्र ८ गते पथरीशनिश्चरे नगरपािलकाको न्यायीक समितीमा छलफल गर्दा भएको निर्णय अनुसार लिखित काम नभएर विपरित लिखितम भएको वडा नं २ का वडा सदस्य अग्नि गुरुङ बताउछन ।
    भने सोहि विषयमा वडा नम्वर ३ का वडा अध्यक्ष डम्वर बहादुर चेम्जोङलाई बुझदा चेम्जोङ यसो भन्छन् –“ वडा नम्वर ३ को जग्गा भन्दै सबै कागज पत्र पु¥याई आएकोले आफुले सिफारीस गरेको तर पछि बुज्दा आफुले त्यस्तो नपाएको चेम्जोङले बताए” ।
    यता वडा नम्वर २ का वडाध्यक्ष याम प्रसाद गुँरागाई सो विषयमा यसो भन्छन् –“ आमाको नाममा भएको जग्गामा छोरा हरिप्रसाद ले विवरण खुलाई जग्गा सिफारिस रोक्काको निवेदन हालेपछि आफुले दुवै जनालाई मिलेर आउनु भनेर सिफारीस नदिएको तर ३ नम्वर वडा कार्यालय बाट सिफारिस भएर जग्गा विक्रि भएको आफुले सुन्दै आएको र २ नम्वरमा सो जग्गाको सिफारीस लिन कोहि नआएको गुरागाई वताउछन् ।”
    यता न्यायीक समिती सदस्य दुर्गा सिटौललाले किर्ते कागज गरि जग्गा उसको श्रीमतीको नाममा बनाएको र आफुले थाहा पाए पछि नगरमा दिनहु हार गुहार माग्दा कतैबाट सुनुवाई नभएको गजुरेलले भनाई रहेको छ ।
    पथरीशनिश्चरे वडा नम्वर २ मा रहेको कित्ता नम्बर ५१० र १४१ को १२ कठ्ठा जग्गा वडा नम्वर २ मा सिफारीर रोक्का गरेकाले वडा नम्वर ३ बाट सिफारीस निकाली जग्गा बेचबिखन भएको पाईएको छ ।


    जग्गा किन्नेमा न्यायीकपालिकाका सदस्य दुर्गा सिटौलाकी श्रीमती कमला देवि सिटौला, वडा नम्वर ३ का वडा सचिव कमल भट्टाराईकी श्रीमती गंगा देवि भट्टराई र चन्द्रमाया विश्वकर्मा को नामामा जग्गा पास भएको छ ।
    सो विषयमा नगरपालिका उप प्रमुख एवम न्यायीक समिति संयोजक यमुना विष्ट वास्तोला लाई बुझ्दा वास्तोला यसो भन्छीन –“ भदौ ८ गते नगरपालिकाको न्याय परिषदको भेलामा आमाको नाममा भएको जग्गा आमाले ईच्छाएको खण्डमा विक्रि वितरण गर्न सक्ने र सो विक्रि भएको जग्गाको रकमले घरको ऋण तिरो भरो गरि वाकी रहेको रुपैया बैक दाखिला गरि सो को भौचर न्यायपालिकामा बुझाउने गरि सहमति भएको तर अहिले सम्म सो जग्गा विक्रि भईसकेको तर त्यसको बिक्री वापतको दाखिला भौचर न्याय परिषदमा नआएको उनी वताउछिन ”।
    हालको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर २ साविक मधुमल्ला ६÷त को श्रेष्ता रहेको जग्गा वडा नम्वर ३ को कार्यलय बाट सिफारीस भएको छ नि ? भनेर प्रश्न गर्दा न्यायीक समिति संयोजक वास्तोला फेरि यसो भन्छीन –“ वडा नम्वर २ को कार्यालयमा दु्रपदाको कान्छा छोरा हरिप्रसाद गजुरेलले जग्गा खरिद विक्रि रोक्का को निवेदन दिएको आफुले जानकारी पाएको तर सोहि जग्गा वडा नम्वर ३ वाट विक्रि सिफारीस नामा भएको र सो का बारेमा सवै पक्षलाई राखेर भोली पौष १२ गते विहिवार कानुनि प्रक्रियाका वारेमा सोधिखाजी गर्छु ” उनले भनिन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…