बाहुनडाँगी । नेपाल जेसीजको अध्यक्ष पदको निर्वाचनमा अहिलेसम्मकै सबैभन्दा धेरै मतान्तरले जितहार भएको छ । गत वर्ष रामग्रामका श्रीधर बस्यालसँग ९ मतको झिनो अन्तरले पराजित बनेका इटहरीका महेश पोडेलले एक वर्षको अन्तरालमा त्यो झिनो मतलाई उछिनेर बाग्लुङका सुदिराज भण्डारीलाई ६ सय ८० को अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । यो मतान्तर नेपाल जेसीजको इतिहासमै सबैभन्दा बढी हो । पौडेलले ९२१ मत प्राप्त गर्नु भएको थियो भने भण्डारीले २४१ मत पाउनु भएको थियो । गत वर्ष पराजित भएर पनि निरन्तर जेसीज अभियानमा क्रियाशील पौडेलले एक वर्षमा देशभरका युवाहरुको मन जित्न सफल भएको यो नतिजाले स्पष्ट देखाउँछ ।
यसैगरी निर्वाचित कार्यकारीणी उपाध्यक्षहरु
नुवाकोट जेसीजका रविन पोखरेलले सर्वाधिक मत (८९०)
विराटनगर जेसीजका श्याम सुन्दर पौडेल मिलन (७४१)
कपिलवस्तु जेसीजका रमेशचन्द्र भुषाल (६८७)
गछिया जेसीजका अमिश ढकाल (६४३)
यसैगरी निर्वाचित राष्ट्रिय उपाध्यक्षहरुमा
रामनगर जेसीजका भोजराज चापागाई सर्वाधिक(९२३)
त्रिभूवन नगर जेसीजका लालमणि भण्डारी सर्वाधिक (९२३)
गैँडाकोट जेसीजका गोकुल सापकोट (९०५)
भकुण्डेबसी जेसीजकी रुकमणि सिग्देल (९१२)
सिद्धार्थ जेसीजका कमल भण्डारी (८८१)
नवलपुर जेसीजका कृष्णप्रसाद अर्याल (८७२)
बसामाडी जेसीजका हरि शर्मा (७९५)
नारायणगढ जेसीजका अर्जुन अधिकारी (७९१)
थानकोट जेसीजका मोहनलाल डाँगी (७५७)
पाटन जेसीजका सुमनकृष्ण श्रेष्ठ (७४६)
काठमाडौँ जेसीजकी इनु थापा (६६३)
अतरिया जेसीजका दिनेश बोहोर (६३७)
उपविजेता हुनेहरुमा कार्यकारीणी उपाध्यक्षमा
टङ्कीसिनवरीकी मञ्जरी घिमिरे (६०४)
कर्णाली जेसीजका अनिलबहादुर शाही (५२१)
कोहोलपुर जेसीजका हेमराज बस्नेत (२७८)
बुधवारे जेसीजका अतुल प्रसाई (२६७)
उपविजेता हुने उपाध्यक्षहरुमा
अर्जुनधारा जेसीजका अजयकुमार देव (५७५)
धापासी जेसीजका सुशिल बुढाथोकी (५६२)
रामग्राम जेसीजका सञ्जय पाठक (५७१)
कपन जेसीजका झनकबहादुर अधिकारी (५३३)
कोहोलपुर जेसीजका प्रकाश लामिछाने (५२२)
चन्द्रनिगापुर जेसीजका अनन्तकुमार अधिकारी (५१०)
टिकापुर जेसीजका लालकेश जैसी (४१४)
गोदावरी जेसीजका आशिष शर्मा (३९९)