मोरङ क्षेत्र नम्बर १ का सांसद कुशल लिम्बू एक साताका लागि विदेश भ्रमणमा जादैछन् । विकास निर्माण सम्बन्धि अवलोकनका लागि सांसद लिम्बू सिंगापुर र मलेसिया भ्रमणमा जान लागेका हुन् ।सांसद लिम्बू बुधबार राति साढे १० बजे त्यसतर्फ जादैछन् । सिंगापुरमा उनी तीन दिन बस्नेछन् भने बाकी दिन मलेसियामा बस्ने उनले बताए । सांसद लिम्बूले भने,‘विकास निर्माण सम्बन्धि विदेशमा भएका कार्यहरुको बारेमा अवलोकन गरेर प्रदेश/क्षेत्रमा लागू गर्न सकिन्छ भन्ने हेतुले जान लागेकाे हुँ । ’सांसद लिम्बू आफ्नो व्यक्तिगत खर्चमा विदेश भ्रमणमा जादैछन् ।