हङकङ, मिस हङकङ–नेपाल नवौं सस्करणको ताज २४ वर्षीय प्रिया गुरुङले जितेकी छिन्।
अन्तिम चरणमा पुगेकी उनलाइ कोरियोग्राफर रचना गुरुङले 'हङकङका नेपालीहरुको समस्या के हो? यसको समाधान कसरी गर्न सकिन्छ?' भन्ने प्रश्न साेधेकी थिइन्। निर्णायकलाइ चित्तबुझ्दो जवाफ दिँदै उनी ७ प्रतिस्पर्धीहरु पछाडि पार्न सफल भइन्। योसँगै प्रियाले मिस हङकङ नेपाल २०१८ को उपाधि आफ्नो पोल्टामा पार्न सफल भइन्।
याउमातेइस्थित कम्युनिटी हलमा भएको मिस हङकङ नेपाल २०१८ प्रतियोगितामा फस्ट रनरअप नेहा राई र सेकेन्ड रनरअप जानिभा श्रेष्ठ भए। प्रथम, दोश्रो र तेस्रो हुनेले क्रमशः १०,०००, ७००० र ५००० हङकङ डलर नगद पुरस्कार पाएका छन्।
बिजेतालाइ नेपालमा सम्पन्न मिस नेपालका शीर्ष २० सुन्दरीमा सिधै प्रवेष पाउने वाईल्ड कार्ड प्राप्त भएको आयोजकले जानकारी दिए। प्रतियोगिताको निर्णायक मन्डलको प्रमुखमा द हिडेन ट्रेजरका अध्यक्ष गोपाल कक्षपती लगायत कोरियोग्राफर रचना गुरुङ र नवनायक धीरज मगर रहेका थिए।
कार्यक्रम सञ्चालिका मिस नेपाल इन्टरनेशनल २०१२ सुभेक्षा खड्काले गरेकी थिइन्।