मिस्टर हङकङ नेपालको च्याम्पियनसिप उपाधि २०१८ मनिष लिम्बुले कब्जा गरेका छन्। शुरुमा पाँच जना प्रतिस्पर्धी घोषणा गरिए तापनि स्टेजमा ३ जना मात्र उत्रेका थिए।तीन चिनियाँ निर्णायक मन्डलले उनलाई विजयी घोषणा गरे।
३ प्रतिस्पर्धीलाई उछिन्दै लिम्बुले तेह्रौ सस्करणको उपाधि कब्जा गरेका हुन्। फस्ट र सेकेन्ड रनरअप क्रमशः चन्द्र कुमार सुनुवार र रिथ बिक्रम मल्ल भएका छन्। प्रतियोगितामा प्रथम, दोश्रो र तेस्रो हुनेलाई क्रमशः ८,०००, ६००० र ४००० हङकङ डलर नगद पुरस्कार प्रदान गरिएको छ। यस पटक मिस नेपाल हङकङ र मिस्टर नेपाल हङकङ एउटै स्टेजमा सञ्चालन भएका थिए।