• १२ वैशाख २०७२ मा भत्किएको धरहरा पुनर्निर्माणको बिहीबार (आज) औपचारिक शिलान्यास हुँदैछ।

    पुनर्निर्माणको काम महिना दिनअघि देखि नै सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनर्निर्माणको औपचारिक शिलान्यास गर्दैछन्।

    बिहान ११ बजे प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालय श्राेतले जनाएको छ।

    प्रधानमन्त्री ओलीले आफ्नाे अघिल्लो कार्यकालमा (फागुन ४ २०७२ मा) ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुनर्निर्माणका लागि उपलब्ध गराएका थिए।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण गर्न लागेको हो। ६ रोपनी क्षेत्रफलमा रहेको भीमसेन थापा कालीन धरहरा भत्किएपछि हुलाक र टक्सार विभागसहितको ४२ रोपनी जग्गामा आधुनिक धरहरा निर्माण गर्न लागिएको हो।

    पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो। एक महिनाअघिबाट काम शुरू गरेको कम्पनीले हाल पुरानो धरहरा रहेको क्षेत्र, नेपाल बैंकको पुरानो कार्यालयलाई छेकबार गरेको छ।

    कम्पनीले अहिले धरहरा परिसरलाई कम्पाउन्डिङ गर्ने र ठुटो धरहरालाई संरक्षण गर्ने काम गरेकाे छ।

    धरहरा पुनर्निर्माणमा करिब साढे ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। नयाँ धरहरा ११ तलाको हुने छ। बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुने प्राधिकरणले जनाएको छ।

    नयाँ बन्ने धरहराको उचाइ १ सय ४५ फिटको हुनेछ। अपाङमैत्री धरहरामा वृद्धवृद्धाको लागि छुट्टै व्यवस्था गरिने भएको छ। दुई वटा लिफ्ट सहितको नयाँ संरचनामा ८ जनालाई चढ्ने र ८ जनालाई ओराल्ने व्यवस्था हुनेछ।

    नयाँ धरहरा पुरानो धरहराबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिने छ। गजुरसहित नयाँ धरहराको उँचाई करिब ७७ मिटरको हुने छ। पुनर्निर्माण हुने धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै हुने प्राधिकरणले जनाएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…