• मोरङ ।

    पथरीशनिश्चरे नगरपालिका—१ स्थित सुनाखरी माध्यमिक विद्यालयले रजतजयन्तिको अवसरमा सय जना विद्यार्थीहरुलाई जाडोको लुगा वितरण गरेको छ । रजतजयन्तिको अवसरमा विद्यालयले आज कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई सुइटर वितरण गरेको हो । विद्यालयले भोली (पुस १३)देखि तीन दिनसम्म विद्यार्थी तथा अभिभावकहरुको खेलकुद कार्यक्रम गरेर रजतजयन्ति मनाउने प्रधानाध्यापक केशव शर्माले बताउनु भयो । सुइटर वितरण तथा रजतजयन्ति सार्वजनिक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चाम्लिङ राई, नगरपालिका वडा नं. १ का अध्यक्ष बाबुराम लिम्बू, अक्षकोष दाता प्रदिपकुमार राई लगायतले मान्तव्य राखेका थिए । तीन सय विद्यार्थी अध्ययनरत विद्यालयमा १६ जना शिक्षक कर्मचारी रहेको छ । विद्यालयको सहयोगका लागि स्थानीय प्रदीपकुमार राईको संयोजनमा १५ लाख अक्षकोष स्थापना भएको छ ।



    पथरीमा पहिलो नगर स्तरीय महिला फुटबलहुने मोरङ । दुई अलिखको संयुक्त आयोजनामा मोरङमा पहिलो नगर स्तरीय महिला फुटबल प्रतियोगिताहुने भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका—१ स्थित पथरी बहुमुखी क्याम्पसको अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा नगर स्तरीय महिला फुटबल प्रतियोगिता हुन लागेको हो । पुष १४ देखि १८ गतेसम्म हुने प्रतियोगितामा पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, कानेपोखरी, बेलबारी र सुन्दरहरैचा नगरपालिकाबाट प्रतियोगि टिमहरु सहभागि हुने कार्यक्रम संयोजक तथा क्याम्पसका स्ववियु सभापतिसमेत रहेका कार्यक्रम संयोजक निता कुलुङ राईले बताए ।



    कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका र अखिल क्रान्तिकारीका क्याम्पस इकाई अध्यक्षद्वय जनक पोख्रेल, प्रकाश चौहान, नगर खेलकुद विकास समितिका अध्यक्ष मनि लिम्बू, वडा सदस्य काशीराज राई लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता विजेता र उपविजेता टिमले क्रमस २५ र १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने अलिख क्याम्पस इकाई समितिका अध्यक्ष जनक पोख्रेलले बताए । पूर्व एमाले र माओवादी केन्द्र एकता भएपनि विद्यार्थी एकताको क्रममा रहेकोले दुई विद्यार्थी संगठनहरुले केन्द्रदेखि इकाई तहसम्म दुवै अध्यक्षको अध्यक्षतामा संयुक्त कार्यक्रमहरु हुदै आएको छ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…