दमक पुष १२
झापाको गौरादह नगरपालीकाले चालु आर्थिक बर्षका योजना कार्यान्वयनमा सन्तोषजनक कार्य प्रगति भैरहेको जनाएको छ । नगरसभाले पास गरेको योजनाहरु चालु आर्थिक बर्षको आधा समयमा आई पुग्दा कार्यान्वयन प्रक्रिया सन्तोषजनक रहेको जनाएको हो । नगरपालीकामा आज आयोजीत पत्रकार सम्मेलनमा नगर प्रमुख रोहिक कुमार शाहले नगर सभाबाट सर्व सम्मत पास भएका योजनाहरुको कार्या प्रगति सन्तोषजनक भैरहेको दाबी गर्नु भयो । समृद्ध गौरादह निर्माणका लागी सञ्चालन गरिएका योजनाहरु को वित्तिय र भौतिक प्रगति हेर्दा सन्तोषजनक रहेको उहाँले बताउनु भयो । सडक, पुल, ढल, सौर्य सडक वत्ति, खानेपानी तथा सिंचाई, मठ मन्दिर जस्ता पुर्वाधार बिकाशका योजनाहरुमा कार्य प्रगति सन्तोष जनक रहेको उहाँले बताउनु भयो ।
त्यसैगरी नगरसभाले बिभिन्न शिर्षकमा बिनियोजन गरेको बजेटलाई मितव्ययि ढंगले परिचालन गरिएको नगर प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । बिभिन्न सामाजिक सञ्जाल र संचार माध्यममा नगरपालीकाको खर्च धेरै देखिएको भन्ने गुनासो आएको भन्दै प्रवक्त भण्डारीले नगरसभाले बिनियोजन गरेको सबै रकम खर्च नभएर अनुमानित बिनियोजन मात्रै भएको प्रस्ट्याउनु भयो । उहाँले नगरसभाले अनुमानित गरेको बिनियोजनलाई मितव्ययि ढंगले परिचालन गर्दै समुन्नत गौरादह निर्माणमा सबै जन प्रतिनिधिहरु एकताबद्ध भयी लागेको पनि बताउनु भयो । गौरादह नगर कार्यपालीकामा अन्यत्र भन्दा फरक किसिमको राजनितिक समिकरण भएकाले कतिपय कुरामा केहि बिमति देखिए पनि आपसी सहमति र सहकार्यको माध्यमबाट सबै समस्या समाधान गरीएको प्रवक्ता भण्डारीले बताउनु भयो ।