उर्लाबारी /उर्लाबारीमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । बुधबार साँझ साढे ७ बजे उर्लाबारी– १ स्थित मनोहर सामुदायिक वन नजिकै बालिकालाई छिमेकी दुई जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय उर्लावारीमा उजूरी दिएपछि घट्ना बाहिर आएको हो । प्रहरीले बिहीबार एक जना आरोपित लाई पक्राउ गरेको छ । अर्का एक जना फरार रहेको कार्यालय प्रमुख प्रहरी निरीक्षक राम तिम्सिनाले जानकारी दिनुभएको छ ।
बालिकालाई करणी गरेको आरोपमा २४ वर्षीय गोपाल दनुवार पक्राउ परेका हुन । अर्का २३ वर्षीय बिटु भनिने धिरज श्रेष्ठ फरार छन् ।
प्रहरीले बिहीबार नै मोरङ जिल्ला अदालतमा दनुवार र फरार रहेका श्रेष्ठ विरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
बालिकाको स्वास्थ्य परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।