• काँकड्भिट्टा । मेचीनगर–६ काँकड्भिट्टा स्थित साठी बिघा (भानुटोल) भन्ने ठाउँमा बिहिवार राती भएको आगलागी नियन्त्रणमा आएको छ ।

    राति करिब ८ बजे छविलाल लिम्बुको घरबाट सल्किएको आगो करिब एक घण्टा पछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकडभिटाका डिएसपी महेश थापाले बताए । भानुटोलको जनआवाज टोल बिकास संस्था क्षेत्रमा भएको आगलागीबाट २४ वटा घर जलेर नष्ट भएकाृे स्थानिय पुरकार कार्कीले बताए ।

    आगो नियन्त्रणका लागि मेचीनगर, बिर्तामोड, चन्द्रगढी नगरपालिकाको दमकल, सुरक्षाकर्मी तथा स्थानीयवासी मिलेर जुटेको प्रहरीले जनाएको छ । आगलागिका कारण ५ वटा बढी ग्यास सिलिन्डर पड्किँएको प्रत्यक्ष दर्शीले बताए ।

    अगालागीबाट मानवीय क्षति भने भएको छैन। उक्त क्षेत्र काँकडभिट्टा बजारको बधशालाक्षेत्र हो। फुसका घरहरु भएकाले आगो छिट्टो फैलिएको अनुमान स्थानियको छ । आगलागीबाट ३ करोड बढीको क्षती भएको स्थानियको अनुमान छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…