पथरी / नगरपालिकाका कार्यालयका आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेले मनोमानी गरेको समाचार आए पछि नगरपालिकाले छानविन समिति गठन गरेको छ ।
नगरपालिकाले छानविन गरेर सत्यतथ्य ल्याउन वडा नम्बर १ वडाध्यक्ष वाबुराम एङ्देन, वडा नं. २, का वडाध्यक्ष यामप्रसाद गुरागाईं, वडा नं. ४ का वडाध्यक्ष गोविन्दवहादुर भण्डारी र वडा नं. ८ का वडाध्यक्ष बाबुराम दाहाललाई जिम्मा लगाएको छ । विभिन्न मिडियामा नगरपालिकाका आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेको बारेमा समाचार आए पछि नगरपालिकाले छानविन सुरु गरेको हो ।
यस बारेमा नगरपालिकाका प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले छानविन समितिले ल्याएको निर्णय नै अन्तिम हुने बताए । नगरको कर्मचारी गलत भए कार्यबाही गरिने छ ।यदि कल्सेन्टेन्सीहरु गलत भए कालो सुचिमा राखिने उनले बताए ।
नगरपालिकाका आर्किटेक इन्जिनियर अरुण क्षेत्री घिमिरेको काम कारवाहीमाथि ग्रिनल्याण्ड कन्सल्टेन्सीका सञ्चालक हेमन्त विष्टको नेतृत्वमा ६ वटा कन्सल्टेन्सीहरुले पत्रकार सम्मेलन गरी नगरपालिकामा उजुरी गरेका थिए । ग्रिनल्याण्ड इन्जिनियरिङ संचालक हेमन्त विष्ट, सिड प्लान इन्जिनियरिङ संचालक मानवहादुर दियाली, सिल्भर एण्ड क्याड इन्जिनियरिङ सन्तोष गुुरागाई, गेलबल ऐटुजेट संचालक भीमकुमार बस्नेतलगायतले हस्ताक्षर गरि उजुरी नगरपालिकामा बुझाएका थिए ।
कन्सेल्टेन्सी संचालकहरुले नगरपालिकामा उजुरी दिनु भन्दा पहिले यस अघि पीडित सेवाग्राहीहरु सहितसँग पत्रकार सम्मेलनको आयोजना गरी इन्जिनियरको र्कतृतको पर्दाफास गरेका थिए ।
इन्जिनियरको व्यक्तिगत कन्चनेश्वर कन्सल्टेन्सी रहेको र त्यसमा कर्मचारी राखेर जनताको काम गर्दा छिटो गरिदिने अरु कन्सल्टेन्सीबाट आएको काम रोकि दिएर दुःख दिने कन्सल्टेन्सी संचालक हेमन्त बिष्टले उतिखेर पत्रकार सम्मेलनमा बताएका थिए । इन्जिनियर फिल्डमा गएर पनि घुस माग्ने र प्राविधिक फाटमा नवसेर प्रशासन फाँटमा बस्ने गरेकोले सेवाग्राहीले दुःख पाएको उनीमाथि आरोप लागको छ ।