काठमाडौं । काठमाडौं स्थित गौशालाको एक गेष्ट हाउसमा गत मंगलबार राती ९:३० भएको पेस्तोल काण्डले काठमाडौं प्रहरी परिसरमा हल्लिखल्ली मच्चिएको छ ।
काठमाडौं गौशालाको गेष्ट हाउस पेस्तोल देखाएर लुटपाट
गौशाला प्रहरी वृत प्रमुख एबं डिएसपी सुनिल मल्लले गौशाला क्षेत्रमा सुरक्षा दिन नसकेको भन्दै ब्यापक टिका टिप्पणी हुन थालेको हो । डकैतशैलीमा भएको उक्त घटनाले गौशालाका डिएसपी मल्ललाई नैतिक सकसमा परेकाछन् ।
गौशालाको जलेश्वर महोत्तरी गेष्ट हाउस एक पेस्तोलधारी समुहले कतारबाट स्वदेश फर्किएका ५ जनालाई पेस्तोल देखाएर लुटपाट गरेका थिए । उनीहरुसँग प्रतिब्यक्ती चार तोला सुन र ३ जनासँग पासपोट लुटिएको थियो ।
३ जनाको समुहमा आएका ब्यक्तीहरुले आफुहरु सिबिआईको प्रहरी भएको भन्दै लुटपाट गरेका थिए । घटनाका बारेमा न्यूज अभियानकर्मीले पटक पटक सम्पर्क गर्दा डिएसपी मल्लको मोवाइलमा कुरा हुन सकेन ।
महानगरिय उपत्यका प्रहरी आयुक्त सैलेश थापाले घटनालाई गम्भिर रुपमा लिएको बताउनुभयो । सत्य -तथ्य पत्ता लगाउन एसएसपी बसन्त लामालाई निर्देशन दिएको बताउनुभयो ।
लुटेरा ३ मध्येका एक जनालाई गेष्ट हाउसका संचालक हरिमोहन सिंह र स्थानियले पक्राउ गरि प्रहरीलाई बुझाएका थिए । उनलाई चोरी मुद्धामा आज म्याद थप भएको छ ।
अनुसन्धानका लागि गौशाला प्रहरीले लुटेरा मध्येका एक र गेष्ट हाउस सन्चालक सिंहलाई नियन्त्रणमा लिएको थियो । गेष्ट हाउस सन्चालकलाई भने हिजोनै छाडिएको छ । अन्य २ जना अहिले फरार रहेको प्रहरीले जनाएको छ ।
उक्त पेस्तोल काण्डबारे काठमाडौं प्रहरी परिसर डिएसपी एबं प्रवक्ता होबिन्द्र बोगटी भन्नुहुन्छ ,म अझै कुरा बुझ्दै छु , न्यूज अभियानको खबरबाट मैले जानकारी पाए । त्यहाको प्रहरी नेतृत्वले के गरेको हो ? म बुझ्दै छु ।
आज पनि मिटिंगमा कुरा उठेको छ । डिएसपी मल्ल माथी नै महानगरिय उपत्यका प्रहरी आयुक्तको कार्यलय र काठमाडौं प्रहरी परिसर माताहतका सहकर्मी प्रहरी अधिकारीले गौशाला क्षेत्रलाई सुरक्षा दिन नसकेको भन्दै औंला उठाएकाहुन् ।