• कुमार खड्का पौष १३, पथरी । २ अलिखको संयुक्त आयोजनामा पथरीमा प्रथम नगर स्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
    मोरङको पथरीशनिश्चरे नगरपालिका—१ स्थित पथरी बहुमुखी क्याम्पसको अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा नगर स्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।


    पुष १४ देखि १८ गतेसम्म हुने प्रतियोगितामा पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, कानेपोखरी, बेलबारी र सुन्दरहरैचा नगरपालिका गरि ६ टिमको सहभागिता रहने कार्यक्रम संयोजक तथा क्याम्पसका स्ववियु उप–सभापतिसमेत रहेकी कार्यक्रम संयोजक निता कुलुङ राईले बताईन ।
    कार्यक्रम सार्वजनिक गर्न विहिवार आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका र अखिल क्रान्तिकारीका क्याम्पस इकाई अध्यक्षद्वय जनक पोख्रेल, प्रकाश चौहान, नगर खेलकुद विकास समितिका अध्यक्ष मनि लिम्बू, वडा सदस्य काशीराज राई लगायतको उपस्थिति रहेको थियो ।
    प्रतियोगिता विजेता र उपविजेता टिमले क्रमस २५ र १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने अखिल क्याम्पस इकाई समितिका अध्यक्ष जनक पोख्रेलले बताए ।
    खेलको मुख्य सहयोगिका रुपमा पथरीशनिश्चरे नगर खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषद रहेको साथै सो प्रतियोगितको दौरानमा स्थानिय स्तरवाट राष्ट्रिय टोलीमा पर्न सफल २ जना महिला फुटवल खेलाडि दिपा न्यौपाने र सरु लिम्वुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले वताएको छ ।
    पूर्व एमाले र माओवादी केन्द्र एकता भएपनि विद्यार्थी एकताको क्रममा रहेकोले दुई विद्यार्थी संगठनहरुले केन्द्रदेखि इकाई तहसम्म दुवै अध्यक्षको अध्यक्षतामा संयुक्त कार्यक्रमहरु हुदै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…