मोफसलको पत्रकारितामा लामो समयदेखी क्रियाशिल युवा हुन्, फिपराज बेघा । हाल साईनो खबर डटकमका सम्पादक बेघाले पत्रकारिता यात्रामा अनेक आरोह अवरोह भोगेका छन् । बेघासँग गरिएको कुराकानी ।
तपाई कहाँ जन्मीनुुभयो ?
अमरदह केचना मोरङ (सुनवर्षी नपा)
कस्तो परिवारमा ?
बुबा आमा, दिदी, दुई दाजु र म । सामान्य परिवार जन्मेको हुँ
बाल्यकाल कसरी बित्यो ?
मेरो जन्म स्थान केचना र हाल बसबोबास रहेको पथरीशनिश्चरे५ चिलाझार मोरङमा सामुदायिक विद्यालयमा अध्ययन गर्दैगाउँघरमा नै साधारण तौलतरिकाले वित्यो ।
सञ्चार क्षेत्रमा कसरी आउनुभयो ?
म माध्यमिक तहमा अध्ययन गर्दै गर्दा बाल भित्ते पत्रिका पढ्थे, साहित्यमा रुचि थियो । २०५८÷२०५९ सालमा भित्ते पत्रिका प्रकाशन गथ्र्यौ । त्यहिबेला हवाइ पत्रिका प्रकाशन हुन्थ्यो । तत्कालिन पथरीको किराती चोकबाट पालुवा हवाई पत्रिका हुने गर्दथ्र्यो । मेरा लुङ्वा बाबुराम योङहाङ, दाइ दिलमान बेघा आबद्ध हुनुहुथ्यो । वहाहरुको अनुरोधमा पत्रिकाको प्रतिनिधि भएर साहित्य लेख्नेर पाठकहरुको पु¥याउथे । मेरो गाउँचिलाझारबाट नव जीवन साहित्यिक समाज गठन ग¥यौं। समाजले साहारा द्वैमासिक पत्रिका प्रकाशन गर्ने, नाटक प्रदर्शन गर्नेर सामाजिक काम गर्ने हेतुले समाज निर्माण ग¥यौं । पत्रिकाको सम्पादनको टिममा रहेर ४ वर्षनियमित पत्रिका प्रकाशन गर्न सफल भयौं । २ नाटक प्रदर्शन ग¥यौ। हाजिरजवाफ प्रतियोगिता, हाडीफोर प्रतियोगिता, नृत्य प्रतियोगिता गरेको थियौं । साहारा प्रकाशनको दौडानमा मोफसल साप्ताहिक सम्पादक नरेन्द्र राई दाइसँग साथी शुक्रराज राई मार्फ्त जिनजान भयो । २०५९ सालदेखि मोफसलमा जोडिए । पत्रिकाको विभिन्न जिम्मेवारी समाल्दै सम्पादकसम्म रहेर काम गर्ने जमर्को गरे ।
सुरुवाती दिनमा कत्तिको गाह्रो भयो काम गर्न ?
अहिले सम्झदा पत्रकारिता क्षेत्रमा लाग्ने हुटहुटी जागेछ क्यारा । पत्रपत्रिका अध्ययन गर्ने, स्रोत व्यक्तिहरुसँग जानकारी लिनेगर्दथ्र्ये । त्यहि हुटहुटीले पत्रकारिता क्षेत्रमा लागे। अनेक उल्झन त आयो । तर मैले गाह्रो कहिल्यै सम्झिन ।
पहिलो पटक आफ्नो नाममा समाचार छापिँदा कस्तो लागेको थियो ?
मसहितले प्रकाशन गरेको पत्रिकामा नाम आउदा खुसी नहुने कुरै भएन । साप्ताहिक पत्रिकामा नाम मुस्किलले आउथ्यो । प्रकाशन हुदा अत्यन्तै खुसी भए । पत्रिका सुरक्षित फाइलिङ गरेर राखे, प्राय मेरो नाम छापिएको पत्रिका सबै फाइलिङ गर्ने गथ्र्ये । अहिले पनि विशेष खाल्को सामाग्रीहरु राख्ने गर्छु ।
अरु केही बन्ने सपना थियो की ?
पत्रकारिता बाहेक अरु क्षेत्रमा लाग्ने कहिल्यै सोचिन । पत्रकारितासँगै अध्ययन गर्ने, निश्वार्थ समाजिक काम गर्ने सोच थियो । अहिले पनि छ । म आजीवन गर्छु ।
कसैले ल्याएको हो या आफै आउनुुभयो ?
मैले अगाडि भने यो क्षेत्रमा लाग्ने हुटहुटी थियो र म यो क्षेत्रमा आए ।
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
स्थापित भए भइन, यो उत्तर दिन सक्दिन । मैले आफैले आफैलाई मूल्याङ्कन गर्न सक्दिन । जहा सम्म संघर्षको कुरा गर्नु भयो । मैले गरेको पत्रिकारिता ग्रामीण पत्रकारिता नै हो । ग्रामीण पत्रिकारितामा ‘वान म्यान जर्नालिजम’ शब्द निक्कै परिचित छ । जुन मैले पनि गरे । यो बीचमा सूचना संकलन गर्ने, लेख्ने, सम्पादन गर्ने, टाइप गर्ने, सेटिङ गर्ने, प्रिन्ट गर्ने, ट्रेसिङ आउट गर्नेदेखि लिएर पत्रिका छाप्ने, वितरण गर्ने, विज्ञापन संकलन गर्ने, पैसा उठाउने सबै कामको अनुभब संगाले। मैले जानी नजानी पत्रकारिता क्षेत्रमा सङ्घर्ष गरे गरिरहनेछु ।
विचमा पत्रकारीता छोड्न मन लागेन ?
किमार्थ लागने ।
आफ्नै नजरमा फिपराज के हो र कोहो ?
म साधारण नागरिक हुँ । सामाजिक फिल्डमा निस्वाथ्र्य सेवा गर्न खोज्ने व्यक्ति हुँ ।
मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
सामान्य नागरिक ।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
कामप्रतिकोदृढता, अध्ययनशिलता र लगनशिला नै होला ।
अनि कमजोर पक्ष चहि नी ?
चाडो विश्वास गर्छु । अध्ययन नगरि बोल्दिन । चिल्ला कुरा गर्ने कम बोल्ने आदत छ ।
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
एक्कासी धारणा बनाउदिन । पृष्ठभूमि केलाउँदै वर्तमानसम्मको लगाब हेरेर मात्र केही धारणा बनाउछु । धारणा बनाउन लामो समय लाग्छ । आबेसमा तत्कालै धारणा बनाउनु घातक हुन्छ ।
तपाईको आफ्नो स्वाभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
सामाजिक परिवेश ।
तपाईलाई कति खेर रिस उठ्छ ?
बचन प्रति कठिबद्ध नुहदा रिस उठछ । सबै कामलाई आय व्यको दृष्टिलेमात्र हेर्छन् । सेवाको भावना लुप्त हुदै गएको छ । लाग्छ पछि मलामी पनि किन्ने स्थिति आउछ लाग्छ ।
अनि कतिखेर भावुक हुनहुन्छ ?
समाजमा कुरिति को घटना बढ्दा भावुक हुन्छु ।
तपाई कतिको संयमित हुनुहुन्छ ?
मलाई संयमित नै छु जस्तो लाग्छ । प्रयत्न गरिरहन्छु ।
अनि कतिखेर खुुसी हुनुहुन्छ ?
म साधारण कुरामा खुसी हुन्छ । सोचेको कुरा पूरा हुदा खुसी हुन्छु ।
तपाईका दुःखहरु के हुन् ?
मैले गर्न खोजेको प्रयत्नहरुलाई दःख कहिल्यै सम्झदिन ।
अनि तपाईको सुख चाहि नी ?
हरेक मैले गरेको गतिविधि प्रति सन्तुष्ठ छु । मैले काम सन्तुष्ठको लागि गर्छु । कहिल्यैपछुताउदिन पनि ।
तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?
ममतामयी आमा दिलकुमारी सेनिहाङज्यूको निधन हुदा अत्यन्तै दुखित भए ।
तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
जनसंघर्षलाई अप्ठ्यारो ठान्दिन ।
अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
पत्रकारिता क्षेत्रमा लाग्ने निर्णय नै मेरो सहि निर्णय हो । अध्ययन गर्नेर सोसियल वर्कर बन्ने चाहा पनि छ ।
अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
आमाले हामीलाई छोडेको समय ।
अन्तिम पटक कहिले रुनुु भयो किन ?
२०६६ साल जेठ १९ गते
तपाईलाई कस्तो मान्छे मन पर्छ ?
सरल, साधा जीवन उच्च विचार भएको मान्छे ।
अनि कस्तो मन पर्दैन ?
स्वार्थी, विचारमा दृढता नभएको मान्छे ।
तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
घृणा त कसैलाई गर्दिन । बैगुनीलाई गुनले मार्नु भन्छन्, नि ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
पाठयपुस्तक अध्ययन, रचनात्मक गतिविधि, घुमफिर गरेर समय व्यथित गर्छु ।
पत्रकारिता बाहेक तपाईको रुचीको क्षेत्र ?
साहित्य, अध्ययन, समाज सेवा ।
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
दामीनी भिर, लाटो पहाड, मनसुन, प्रयोगसाला
दोहोराएर पढ्नुु भएको पुुस्तक ?
दामिनी भीर
कस्ता फिल्म हेर्नुुहून्छ ?
यस्तो नै खाल्को भन्ने छैन । मौलिक फिल्म बढी हेर्न खोज्छु ।
तपाईलाई मनपर्ने फिल्म ?
‘नुमाङ्फुङ’, ‘कबड्डी, पशुपतिप्रसाद’, टाइटानिक
दोहोराएर हेर्नुभएको फिल्म ?
माया नमार, टाइटानकि, नुमाफुङ
तपाईलाई म पर्ने हिरो हिरोइन ?
दयाहाङ राई, खगेन्द्र लामिछाने ।
तपाईलाई रुवाएको फिल्म ?
माया नमार, नुमाफुङ हेर्दा भाबुक भएका ेथिए ।
मनपर्ने गायक–गायिका ?
उदय मनिला सोताङ, राजेश पायल राई, मेलिना राई, खगेन्द्र याक्सो आदि ।
मनपर्ने ठाउँ ?
इलाम, पोखरा, सुखिम, दार्जिलिङ
तपाईलाई मनपर्ने नेपालका नेता ?
अशोक राई
अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
नेल्सन मन्डेला
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
रविन्द्र मिश्र ।
तपाईको आदर्श को हो, किन ?
अशोक राई
नेपालका मन पर्ने साहित्यकार ?
खग्ेन्द्र संग्रौला, युग पाठक, सिके लाल, उपेन्द्र सुब्बा, राजन मुकारुम, नवराज पराजुली
आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
छैन ।
अनि यो समाजप्रति चहि नी ?
गुनासो छैन ।
जीवन के रहेछ ?
जन्म र मृत्यु बीचको दुरी नै जीवन हो । जुन संघर्ष पूर्ण छ ।
बाँकी योजना र सपना कस्ता छन् ?
समाजिक गतिविधिमा संलग्न हुने ।
पत्रकारिता जगतमा लागेर के पाउनुभयो ?
समाज चिन्नेअवसर पाइरहेको छु ।
अनि के गुमाउनु भयो ?
गुमाएको त छैन, तर कमाएको पनि छैन ।
पत्रकारिता क्षेत्रमा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
थोरै श्रमजीवीहरु बाच्न सक्छ । तर बातावरण बन्दै गइरहेको छ । भविष्य बन्दैन भन्ने स्थिति चाहि छैन ।
नयाँलाई के सुझाप दिनुहुन्छ ?
१७ वर्ष भयो पत्रकारिता क्षेत्रमा लागेको । मैले केहि सिकेकै छैन जस्तो लाग्छ । म पत्रकारिताको आधारभूत तहको विद्यार्थी हु । त्यै पनि सुझाबै दिनु पर्दा पत्रकारिता क्षेत्रको अध्ययन पढेर मात्र आउन हुन अनुरोध गर्छु । पत्रकारितालाई पेशा बनाउछु भन्नेहरु मात्र प्रवेश गर्दा उचित हुन्छ ।