• दीप खादी लिम्बु
    क्वालालम्पुर / डिसेम्बर-२८

    मलेसियाको बातु पहाड स्थित सिन कावाङ प्लास्टिक कम्पनी मा कार्यरत दुई नेपाली कामदारको मृत्युु भएको छ।वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया आएका रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगरको मृत्युु भएको हो।

    कामको शिलशिलामा मलेसिया गएका उनीहरुको ट्याङ्की सफाई गर्ने क्रममा मृत्यू भएको जानकारी प्राप्त भएको छ। विहिबार बिहान रसायनिक ( केमिकल ) को ट्याङ्की सफा गर्ने क्रममा केमिकलको गन्धले बेहोस भएका यादव उक्त ट्याङ्की भित्र खसेका थिए ।

    खसेका यादबको उद्दारका लागि सहयोग गर्ने क्रममा मगर पनि बेहोस भएका थिए। केमिकल को अत्यधिक असरका कारण स्वासप्रस्वास बन्द भएर उनिहरुको मृत्यु भएको सोही कम्पनीमा कार्यरत हिरालाल तामाङले जानकारी दिएका हुन।

    विहिबार कम्पनीमा विदा भएको भन्दै सबै जना मिलेर उक्त ट्याङ्की सफाई गरिदिन कम्पनीका सुपरभाइजर ले भनेपछि केमिकल को ट्याङ्की सफाइ गर्न त्यहा गएका थिए। धेरै दिनदेखि त्यतिकै राखिएको र त्यसभित्र केमिकलको ग्यास भरिएको थियो । ट्याङ्की भित्र फसेका उनिहरु लाई बचाउको लागि त्यहाँ कार्यरत नेपाली कामदारहरुले सुपरभाइजर लाई आग्रह गरी ट्याङ्की काट्नको लागि आदेश मागेका थिए ।

    तर उनले प्रहरीले आदेश नदिएसम्म काट्न नमिल्ने बताए पछी उनिहरु लाई जिवित उद्दार गर्न नसकिएको सहकर्मी तामाङले रातोकलम सङ बताए। केही बेर पछि ट्याङकी काटियो तब सम्म सन्तोषले ज्यान गुमाई सकेका थिए।भने मगर लाई अस्पताल त पुर्याईयो तर बाच्न सकेनन्।समयमै ट्याङ्की काटेर उनिहरु लाई मानबिय उद्दार गर्न सकेको भए सन्तोषको बाँच्ने सम्भावना निक्कै थियो ।

    तर प्रमुखले आदेश नदिएपछि सन्तोषलाई हत्या गरिएको अारोप लगाउदै कामदारहरुले केही घन्टा कम्पनी हडताल समेत गरेका थिए । उता मृतकको सव पोस्टमार्टम पछी नेपाल पठाउने तयारी रहेको जानकारी समेत तामाङले दिए भने नेपाली राजदुताबास मलेसिया लाई सम्पर्क गर्दा शुक्रबार दिउसो सम्म पनि घटना बारे केही आधिकारिक जानकारी न आएको बताएका छन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…