• विवेक मिश्र

    बेलवारी १३ पौष

    मोरङको बेलावारी स्थीत वेतना सिमसार नजिकै पुर्व पश्चिम राजमार्गमा शुक्रवार दिउसो हजार र पाँचसयका नोट हावामा उढिरको अवस्थामा देखिन्थे । त्यहि अवस्थामा सुन्दर हरैचाका राजन निरौला र उत्सव दाहाल त्यँहा पुगेका थिए । तिव्र गतिमा पश्चिम तर्फ गइरहेको मोटरसाईकल चालकको गोजीबाट पैसाका नोटहरु उडिरहेका थिए राजनले बताए । त्यसको केहि समयमै मधुमल्ला का प्रेम खड्का र उर्लावारीका नरेन्द्र खड्का पनि त्यँहा पुगे । मोटरसाइकलको गति तिब्र भएकोले नम्बर टिप्न चै सम्भव भएन उत्सव दाहालले बताए । हामि चार जनाले भेटाएको यो रकम उक्त रकम हामिले चाहेको भए सजिलै लैजान सक्थ्यौ तर हामिले त्यसो गर्नु हुदैन भनेर सल्लाह गर्यौ र प्रहरी लाई भेटाएको पैसा दिने निर्णय गर्यौ मधुमल्लाका नरेन्द्र खड्काले बताए । कलीयुगमा अझै यस्ता इमान्दार मान्छे पनि भेटिदा रहेछन् भनेर भिडमा सामेल अन्य व्यक्तिहरुले बताईरहेका थिए । हजारको १२ थान र पाँच सयको ८५ थान नोट भेटिएको हो । स्थानीय युवा जनक पोख्रेलले भेटिएको पैसा उपयुक्त प्रमाण सहित कोहि लिन नआए बन्दै गरेको भवन ट्राफिक प्रहरी पोष्ट बेलवारीलाई दिनुपर्ने बताए । भेटिएको उक्त रकम ५४ हजार ५ सय इलाका प्रहरी कार्यलय बेलवारी लाई बुझाईएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…