रातोकलम,अनलाईन!
मलेसिया/डीसेम्बर–२८
मलेसियामा रहेका रोजगारदाता कम्पनीहरुले बिदेशी कामदारहरु लाई मलेसियाको सामाजिक सुरक्षा सस्था सोक्सोमा दर्ता गराउनु पर्ने भएको छ ।एफ डबलू सी एस फरेन वर्कर कम्पेन्सेसनको सट्टामा सोसियल सेकुरेटी अर्गनाइजेसनमा जनवरी १,२०१९ देखि दर्ता गराउनु पर्ने भएको हो!
बिदेशी कामदारहरु लाई रोजगारदाता कम्पनीले सोक्सो मा दर्ता गराउनुपर्ने र श्रमिकको मासिक पारिश्रमिकको १.५ प्रतिसत रोजगारदाता कम्पनीले श्रमिकको पारिश्रमिक बाट कटौती नहुने गरि दर्ता गराउनुपर्ने प्राबधानमा उल्लेख छ!
दर्ता भएका कामदारले स्वास्थ उपचार ,अस्थायी तथा स्थायी आबस्यक्ता सुबिधा ,आश्रित परिवार सुबिधा ,मृतकको सब फिर्ता लगायत अन्तिम दाहसंस्कार सुबिधा ,सहयोग भत्ता र पुनःस्थापना सुबिधा पाउने भएका छन।
पुर्णतः बैधानिक हैसियतमा काम गर्दै आएका कामदारहरुले मात्रै सोसियल सेकुरेटी अर्गनाइजेसन बाट पाउने सामाजिक सुरक्षा सुबिधा प्राप्त गर्ने छन ।आज मलेसिया स्थित नेपाली राजदुतावास मलेसियाले प्रेस बिज्ञ्यप्ती जारी गरेर श्रमजीवी सबै लाई जानकारी गराएको छ!