• देबु बानियाँ
    झापा । नेबि संघ झापाको बिहिवार सम्पन्न १२ औँ जिल्ला अधिवेशन विचित्रको भयो । जिल्ला नेतृत्वका लागि भएको अधिवेशनमा दुई दुई वटा जिल्ला समिति तयार भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र पार्टीका पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको जिल्लामा भएको अधिवेशनले केन्द्रीय तहको दुई धारलाई स्पष्ट देखाएको छ । पार्टीको गुटगत राजनीतिको असर त्यसको भगिनि संगठन विद्यार्थी संगठनमा समेत परेको छ । जसमा दुई वटै समूहले समानान्तर प्यानल निर्माण गरेर नेतृत्व चयन गरेका छन् । पार्टी सभापति सेरबहादुर देउबा प्यानलको नेतृत्व भुवन बुढाथोकीले गरेका छन् भने सिटौला प्यानलको नेतृत्व राजेन्द्र उप्रेतीले गरेका छन् ।
    केही समय अघि जिल्लाका सबै नेताहरु बसेर भद्र सहमतिमा भुवन बुढाथोकीको नेतृत्वमा सर्वसम्वत जिल्ला नेतृत्व चयन गरिएको थियो । जुन सहमतिमा जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो ।
    बुढाथोकीलाई नेताहरु भगिरथ पोदार, प्रेम सम्बाहाम्फे, नारायण गिरी, मदन बुढाथोकी, शिव कडेँल, मनोज कार्कीको समर्थन थियो । उनीहरु देउवा प्यानलका हुन् । सहमति पछि उनीहरुले सामाजिक सञ्जाललगायत विभिन्न मिडियामा यसको समचार संम्प्रेशण गरे ।
    तर, त्यसको घण्टा वित्न नपाउँदै सिटौला प्यानलले राजेन्द्र उप्रेतीको उम्मेदवारी मनोनयन गराएर निर्वाचनको तयारीमा जुटे । जिल्ला सभापति उद्धव थापा, नेता सुधिर सिवाकोटी, देउमान थेबे, नविन विमली, गणेश पोखरेललगायतको समर्थन उप्रेती माथि थियो । रातभर लगाएर निर्वाचन सम्पन्न भयो । मतगणनापछि उप्रेती विजय भएको अबिर जात्रा गरियो ।
    यसरी १२ घण्टाको अन्रतालमा दुई वटा प्यानलका अध्यक्ष भएको समाचारले धेरैलाई अन्यौल बनायो ।
    ‘जिल्ला अध्यक्षमा भुवन बुढाथोकी सर्वसम्वत निर्वाचित भएका हुन्’ देउवा समर्थक एक नेताले भने–‘सबै बसेर मिलाएको कुरालाई केही समयमा अर्काे उम्मेदवारी खडा गर्दैमा आधिकारी हुन्छ र ?’
    यसरी एउटै जिल्लामा फरक धारमा दुई वटा समिति निर्माण भएपछि पार्टीभित्रसमेत अन्योल्ता आएको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक विकास केसीले भुवन बुढाथोकीको प्यानल आधिकार र नेपाल विद्यार्थी संघको विधान बमोजिम गठन भएको दावी गरेका छन् । सिटौलाले एक्लौटी रुपमा मिचेर निर्वाचन गराएका देउवा प्यालनको आरोप छ ।
    वुढाथोकी प्यानलबाट उपसभापतिमा निरोज दुलाल, सचिवमा विनोद चापागाई, सहसचिवमा प्रकाश खत्री र कोषाध्यक्षमा सृजना भण्डारी चयन भएका छन् ।
    यस्तै सदस्यहरुमा कौशल उप्रेती, सुहाङ्गमा नेम्वाङ्ग, सृजना वुढाथोकी, प्रदिप शिवाकोटी, चेतन दर्नाल, विकास अधिकारी,मणी लिम्वु, लोकेन्द्र थपलिया, सुरज अधिकारी, ममता वुढाथोकी, सरोज खतिवडा, शंकरदेव वन, सुरज घिमिरे, वसन्त आचार्य र मिराज पोख्रेल चयन भएको जनाईएको छ ।
    यता उप्रेती प्यालनबाट निर्वा्चित सचिवमा नारायण नेपाल ,कोषाध्यक्षमा नवराज ढकाल लगायत चयन भएको जनाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…