• विश्वराज तामाङ

    उदयपुर पौष १३

    तीन बर्ष अघि आफैले शिलन्यास गरेको पुल शुक्रबार एक कार्यक्रमका विच पूर्व शहरी विकास मन्त्री तथा उदयपुर प्रतिनिधि सभा १ का सांसद डा. नारायण खड्काले उद्घाटन गर्नु भएको छ । वेलका नगरपालिका २ स्थित भागलपुर र सुनसरी प्रकासपुर जोड्ने पुल निर्माण सुरु भएको ३ बर्ष पछि सम्पन्न भएको हो । स्थानिय विकास मन्त्रालय झोलुंगे पुल महाशाखामा पुल निर्माणको लागि डा. खड्काले पहल गरेका थिए, पहल गरिएको पुल तीन बर्ष पछि निर्माण भए पछि शुक्रबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । एक करोड १७ लाख लागतमा एक सय ४८.५ मिटर लामो पुल निलगिरी कन्ट्रक्शनले निर्माणको जिम्मा पाएको थियो ।

    पुल निर्माण भए पछि उदयपुरको वेलका नगरपालिका १ साविकको तपेश्वरी गाविस तथा सुनसरी क्षेत्र जोड्नका लागि सहजता भएको छ । वर्खाको समयमा उदयपुरको बजार तथा मुख्य सडक सम्म पुग्नका लागि समस्या झेल्दै आउनु परेको २० औ हजार स्थानियतलाई राहत मिलेको स्थानिय समाजसेवी तथा नेपाली कांग्रेसका नेता अशोक कार्कीले जानकारी दिनु भयो ।

    विगतमा पुल नहुदाँ वर्खाको समयमा बर्षेनी बाढिका कारण स्थानियले ज्यान गुमाउदै आएका थिए, पुल निर्माण भए पछि स्थानियलाई आवत जावतमा सहजता थपिएको छ । पुल निर्माण भएको प्रति खुसी हुदै स्थानिय जनप्रतिनिधि वेलका नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मिश्रीलाल चौधरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका डा. नारायण खड्कालाई बधाई दिए । स्थानियले पनि पुल निर्माण गरेको प्रति सांसद खड्काको उच्च प्रशंसा गरेका थिए, डा. खड्काको पहलमा पुल निर्माण भए पछि स्थानियलाई सहजता मिले पछि स्थानिय पनि दंग भएका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…