विश्वराज तामाङ
उदयपुर पौष १३
आफ्नो निर्वाचन क्षेत्रमा समय समयमा आउदाँ कुनै न कुनै विकास हातमा लिएर आएकै कारण नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का उदयपुरमा विकासप्रेमी नेताको परिचय बनाउन सफल छन् । उनै नेता यतिवेला आफ्नो निर्वाचन क्षेत्रमा आईपुग्दा जाडोको समयमा बालबालिकाहरुका लागि न्यानो कपडा लिएर आएका छन्, आफुले पाउने पारिश्रामीक तथा शुभचिन्तकहरुको सहयोगमा पूर्व शहरी विकास मन्त्री समेत रहेका डा. नारायण खड्काले उदयपुरको दुई विद्यालयका २३७ जना बालबालिकालाई न्यायो कपडा वितरण गर्नु भएको छ । डा. खड्काले विहिबार उदयपुरको वेलका नगरपालिका ५ देउराली आधारभुत विद्यालय गलेनीका १३७ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गनुए भएको छ । जाडोको याममा बालबालिकाहरुलाई पढाईको सहजताको लागि न्यानो कपडा वितरण गरिएको उहाँले वताउनु भयो ।
यता शुक्रबार चौदण्डिगढि नगरपालिका ८ सिद्धिपुर स्थित शारदा आधारभुत विद्यालयका एक सय जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । कार्यक्रममा चौदण्डिगढि नगरपालिकाका प्रमुख खगेन्द्र राई, नेपाली कांग्रेस त्रियुगा नगर सभापती सरोजकुमार बस्नेत, चौदण्डिगढि नगर सभापती राजेन्द्र पौडेल लगायतको पनि उपस्तिथी रहेको थियो । २०२२ सालमा स्थापना भएको विद्यालयका गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई कपडा वितरण गरिएको हो । कार्यक्रममा विद्यालयका प्रम अर्जुन ओझाले विद्यालयमा भौतिक पूर्वाधार अभाव भएका कारण विद्यालय संचालनमा समस्या झेल्नु परेको अबस्था रहेको बताउनु भएको थियो ।
कार्यक्रममा पुगेका चौदण्डिगढि नगर प्रमुख खगेन्द्र राईले आफु नगर प्रमुख भए लगत्तै २५ जोर डेक्स वेन्च उपलब्ध गराएको र डा. नारायण खड्काकै संसदीय विकास कोषबाट एक लाख रुपैया उपलब्ध गराएको र पछिल्लो समय सुविधा निर्माण सम्पन्न चार कोठे भवन निर्माण समेत पहल गरिएको उल्लेख गर्नु भएको थियो । स्थानियहरुले चौदण्डिगढि ८ सिद्धिपुरमा खानेपानी र विजुलीको अभावमा स्थानियहरु दिन दिनै बसाई सर्न बाध्य हुनु पर्ने अबस्था रहेको समेत बताएका थिए । कार्यक्रममा स्थानिय अभिभावकहरुले विद्यालयको भौतिक विकासको लागि सहयोगको अपेक्षा राखिएको बताएका थिए ।