• विराटनगर, १३ पुस । साढे २ दशकभन्दा लामो समयदेखि नेपाली साहित्य लेखनमा सक्रिय कवि निर्मला कोइरालाको ‘घाम समातेर’ कवितासंग्रह विमोचन गरिएको छ ।
    पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोइरालाको ‘घाम समातेर’ कवितासंग्रह विमोचन गरिएको हो । कार्यक्रममा अग्रज कवि विश्वविमोहन श्रेष्ठ, प्राज्ञ दधिराज सुवेदी, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीलगायतले संयुक्त रुपमा कवितासंग्रहको विमोचन गरेका थिए । समसामयिक विषयमा सरल भाषाशैलीमा लेख्न रुचाउने कोइरालाको विमोचित कवितासंग्रहमा ३७ वटा कविता समावेश छन् ।
    संग्रहको समीक्षा समालोचक भूषण ढुंगेलले गरेका थिए । ढुंगेलले वर्तमान नेपाली समाजले भोग्नु परेका पीडालाई कोइरालाले कवितामार्फत सशक्त रुपमा उठाएको बताए । कवि राधिका गुरागाईं र भरत गुरागाईंले संग्रहभित्रका कविता वाचन गरेर सुनाए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अग्रज कवि विश्वविमोहन श्रेष्ठ, प्राज्ञ दधिराज सुवेदी, शिक्षक संघका नेता ईश्वर निरौला, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले विमोचित कवितासंग्रहका विषयमा चर्चा गरेका थिए ।

    महेन्द्र मोरङमा कविता र गीत प्रस्तुत
    विराटनगर, १३ पुस । विराट आदर्श साहित्यिक मञ्चको आयोजनामा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा ‘मञ्च एक प्रतिभा अनेक’ कार्यक्रम आयोजना गरिएको छ ।
    विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रममा महेन्द्र मोरङ र भानु कलेजका विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा लकेश राई, विवेक आचार्य, सुदीपजंग कार्की, लक्ष्मी दंगाल, विवश राई, शशांक सुवेदी, सविना श्रेष्ठ, छविलाल भण्डारीलगायतका विद्यार्थीले कविता, मुक्तक, गीत, गजलसहित क्यारिकेचर प्रस्तुत गरेका थिए । चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं, कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार सरिता तुलाधर, भानु कलेजका निर्देशक आरसी कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए । मञ्चले बेलाबेला स्रष्टा सम्मानसहित साहित्यिक कार्यक्रम गर्दै आएको छ । मञ्चले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित मुनामदन र परशु प्रधानको छिडीभरिको आकाश नाटक मञ्चन गरिसकेको मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी गराए । आगामी माघ १९ देखि २६ गतेसम्म विराटनगरस्थित आरोहण गुरुकुलमा मञ्चले मुनामदन नाटक मञ्चन गर्दैछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…