• काठमाडौ,१४ पुस । आज बिहान ६ बजे काठमाडौ उपत्यकाको न्यूनतम् तापक्रम १.६ डिग्री सेल्सियस मापन गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार काठमाडौ उपत्यकाको आजको अधिकत्म तापक्रम १४ देखि १६ डिग्री सेल्सियसको बीचमा रहने अनुमान छ ।

    महाशाखाले बिहानीपख केही स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागे पनि काठमाडौ उपत्यकासहित मुलुकभर आजको मौसम सामान्यतया सफा रहने जनाएको छ । मुलुकका केहि स्थानमा विहान बाक्लो हुस्सु तथा कुहिरो लागेपनि बिस्तारै हट्दै जाने र दिउँसो भने घाम लाग्ने महाशाखाले जनाएको छ ।

    काठमाडौ उपत्यकामा शुक्रबार यस वर्षकै सबैभन्दा कम १.४ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको थियो । काठमाडौ उपत्यकामा दिउँसो घाम लाग्ने गरेपनि बिहान र बेलुका निकै चिसो भईरहेको छ ।

    महाशाखाले यो वर्ष काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम अझै घटेर माइनसमै झर्ने सम्भावना रहेपनि ठोकुवा भने गर्न नसकिने जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…