झिलझिले, पुस १४ ।
झापाको शिवसताक्षी ८ झिलझिलेमा रहेको शुलभ बचत तथा ऋण सहकारी संस्थाको सातौ वार्षींक साधरण सभा शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कृष्णप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षको वार्षिक प्रतिवेदन तथा संस्थाको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
सचिव कृष्णचन्द्र सेलिङ्गको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केहरशिह वस्नेतले विभिन्न कठिनाइका बाबजुत सहकारीहरुले सामाजिक तथा आर्थिक गतिविधिहरुलाई निरन्तरता दिएको उल्लेख गरे । उनले वित्तीय संस्थाहरुको कारोवारले नगरका कुनैपनि नागरिक वित्तिय पहुँचवाहिर रहनु नपरेको वताए ।
सो सहकारी संस्थाले गत आर्थीक वर्षमा १८ लाख २३ हजार ९ सय १२ रुपैयाँ आम्दानि गरेको छ । आम्दानिवाट लगानि कर्तालाई ८ प्रतिसत लाभाँस वितरण गर्ने लेखा समितिका संयोजक ईन्द्रप्रसाद प्रसाईले जानकारी दिए ।
साधरण सभामा संस्थाका संंस्थापक अध्यक्ष मोतिवहादुर चापागाई र पुर्व अध्यक्ष रामप्रसाद मैनालीलाई नगद सहित संस्थाले सम्मान गरेकोे छ । यस्तै आर्थीक वर्ष ०७४÷०७५ मा सर्वाधिक वचत गर्ने झिलझिलेका सुक्रम पौदार र नियमित कर्जा भुत्तानि गरि असल ऋणी वनेकी मिना राई कुमाललाई पनि पुरस्कृत गरियो । वाल वचत तर्फ सर्वाधिक निक्षेप तर्फ अर्लीन चाम्लिङ्ग पुरस्कृत भईन । यस्तै संस्थाले ईमान्दार पुर्वक जिम्वेवारी वहन गर्ने कर्मचारी सुजन राई लाई पनि नगद सहित पुरस्कृत गरेको छ ।
सो कार्यक्रममा शिवसताक्षी लायन्स क्लवका चार्टर प्रेसिडेण्ट यामनाथ काफ्ले, एक्सल डेभलपमेन्ट वैक दुधेका शाखा प्रमुख रमेश मैनाली, साईनो सहकारी संस्थाकी दिलकुमारी मगर, चौतारी सहकारी संस्थाका धनवहादुर राई र सम्मानित मोतिवहादुर चापागाईले शुभकामना मन्तव्य राखेका थिए ।