• विराटनगर, १४ पुस । इन्द्रमोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पु¥याउने तीनजना व्यक्तिलाई पुरस्कृत गरेको छ ।
    विराटनगर भृकुटीचोकस्थित विमला श्रेष्ठ सेवा भवनमा शनिबार आयोजित कार्यक्रममा गुठीले साहित्य, पत्रकारिता र गीतसंगीतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कृत गरेको हो । लामो समयदेखि कविता लेखनमा सक्रिय कवि विश्वमोहन श्रेष्ठलाई ‘डा. विमला श्रेष्ठ साहित्य पुरस्कार’, पत्रकार रमेशचन्द्र अधिकारीलाई ‘ओम–इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार’ र गायिका देविका वन्दनालाई ‘ओम–इन्द्रमोहन स्मृति गीतसंगीत पुरस्कार समर्पण गरिएको थियो । वरिष्ठ साहित्यकार प्रा.डा. टंक न्यौपाने, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेललगायतले संयुक्त रुपमा दोसल्ला ओढाएर तीनैजना व्यक्तिलाई जनही १५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र प्रदान गरे । कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, गुठीका प्रमुख संरक्षक डा. विमला श्रेष्ठ, नेपाली लेखक संघ मोरङका अध्यक्ष गोकुल अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । गुठीले हरेक वर्ष कला, साहित्य, संगीत र समाजसेवा क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पुरस्कृत गर्दै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…