झापा । काँकरभिट्टा बहुमुखी क्याम्पस मेचीनगर–६ को २० औँ वार्षिकोत्सव तथा स्थापना दिवस शनिबार सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसर पारेर क्याम्पसले विभिन्न विधामा खेलकुद, साहित्यक कार्यक्रम, हाजिरीजबाफ तथा नगरस्तरीय नृत्य प्रतियोगिता सम्पन्न गरेको थियो । उनीहरुलाई समापन समारोहमा पुरस्कार प्रदान गरियो । आन्तरिक कविता प्रतियोगितामा मिना गिरी, सुमी सतार र अनिता धिमाल क्रमश प्रथम दोस्रो र तेस्रो भए । नृत्य प्रतियोगिताको उपाधी होलिबेल आवसीय माविले जित्यो । नगर स्तरीय नृत्य प्रतियोगितामा इष्ट होराइजन दोस्रो र नर्थ प्वाइन्ट तेस्रो भए । मेचीनगर स्तरीय अन्तरमावि हाजिरीजवाफ प्रतियोगितामा आदर्श मावि आयावारी, नर्थ प्वाईन्ट मावि मेचीनगर र काँकरभिट्टा बहुमुखी क्याम्पस क्रमश प्रथम, दोस्रो तथा तेस्रो भए । उनीहरुलाई पुरस्कार तथा नगद प्रदान गरिएको थियो ।
सोही अवसरमा मेचीनगर स्तरीय अन्तरमावि तथा क्याम्पस सुपर सिक्स क्रिकेट प्रतियोगितामा विजयी काँकरभिट्टा बहुमखी कयाम्पसलाई नगद १० हजार तथा उपविजेता काँकरभिट्टा माविलाई नगद ५ हजार रुपैयाँ, शील्ड तथा प्रमाणपत्र प्रदान गरेको छ । पुरस्कार बापत पाएको नगद १० हजार र ५ हजार उनीहरुले काँकरभिट्टामा भएको आगलागी पीडितलाई प्रदान गरेका छन् ।
क्याम्पसले वार्षिकोत्सवका अवसरमा ११ पुसदेखि विविध कार्यक्रम सञ्चालन गरेको थियो । बार्षिकोत्सवको उद्घाटन प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले गरेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।
प्रमुख अतिथि प्रदेश सभा सदस्य मैनालीले क्याम्पसले स्थापना गरेको अक्षय कोषका लागि नगद २ लाख रुपैयाँ घोषणा गरे । क्याम्पस प्रमुख उप्रेतीका अनुसार हालसम्म कोषमा करीव ३५ लाख रुपैयाँ संकलन भएको र शनिबार मात्रै १७ लाख रुपैयाँ घोषणा भएको छ । साथै सोही अवसरमा प्रदेश सांसद मैनालीले आउँदो आर्थिक वर्षमा क्यामपसलाई भवन निर्माणका लागि नगद ५० लाख विन्योजन गर्ने घोषणा समेत गरे । कार्यक्रममा प्रदेश सांसद गोपाल चन्द्र बुढाथोकी, सांसद राधा थापा, नगर प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, नेत्र नेपाल, नीलकण्ठ तिवारी, पूर्व क्याम्पस प्रमुख यज्ञराज प्रसाई मोहनप्रकास उप्रेती, सुशील आचार्यलगायतले बोलेका थिए । सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती र प्रध्यापक लम्बोदर पौडेलले संयुक्तरुपमा गरेका थिए ।