• काँकरभिट्टा । १२ गते राती आगलाी भएको मेचीनगर ६ काँकरभिट्टाका आगलागी पीडितलाई मेचीनगर नगरपालिकाले शनिवार आर्थिक सहयोग गरेको छ । नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मिना उप्रेती, विभिन्न वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरु आगलागी क्षेत्र साठी विगाहमा पुगेर प्रति परिवार १० हजारका दरले राहत रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङ, वडा नम्बर ५ का वडा अध्यक्ष योगेन थापा, वडा नम्बर ४ का वडा अध्यक्ष नविन बराल, वडा सदस्य राजकुमार श्रेष्ठ, देवी सुवेदी, कांग्रेसका जिल्ला उपसभापति राम कट्टेल लगायतको सहभागितामा रकम हस्तान्तरण गरिएको हो । १६ घर परिवारलाई जनही १० हजार र अन्य आंसिक क्षति भएका परिवारलाई जनही ५ हजारका दरले रकम हस्तान्तरण गरिएको थियो ।
    आगलागीबाट नविन राई, मणीप्रसाद गुरूङ्ग, भुपाल तामाङ्ग, केसर लिम्वु, गोले साईला, सविना राजवंशी लगायतको आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको छ । यस भन्दा अघि नेकपा मेचीनगर, रेडक्रस सोसाइटी झापा, काँकरभिट्टा बहुमुखी क्याम्पसका विद्यार्थीहरुलगायत विभिन्न संघ संस्थाले आर्थिक सहयोग गरेका छन् । अन्य सहयोगहरु पनि जुट्ने क्रम जारी छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…