कुमार खड्का पौष १४,पथरी । मोरङको कानेपोखरी गाउपलिका उर्लावारी महिला फुटवल क्लवलाई ४–० गोल अन्तरले पाखा लगाउर्दै प्रथम नगरस्तरिय महिला फुटवलको दोस्रो चरण प्रवेश गरेको छ ।
पथरीको बहुमुखि क्यापसका २ अखिलको आयोजनामा भएको सो फुटवल प्रतियोगितमा उर्लावारीलाई ४–० को भारी गोल अन्तरले पाखा लगाउने क्रममा कानेपोखरी ईमा चाम्लीङले एक्लैले २ गोल गरेकी थिईन भने आजको खेलको म्यानअफदि म्याच पनि उनिनै घोषीत हुदै नगद १ हजार हात पारेकी छिन् ।
उर्लावारीलाई ४–० को फराकिलो अन्तरले हराउने क्रममा खेलको पहिलो हाफको ८ औ मिनेटमा ईमाले पहिलो गोल गरेकी थिइन् भने पहिलो हाफको २३ औ मिनेटमा ईमाले नै व्याक्तिगत रुपमा दोस्रो गोल गर्दै टिमलाई २–० को अग्रता कायम गराउन सफल भएकी थिईन् ।
त्यसको लगतै कानेपोखरीले पाएको कर्नरको अवसरलाई सदुपयोग गर्दै ईमाकै प्रयासमा कानेपोखरीकी रोशनाले उतकृष्ठ हेड गर्दै खेललाई ३–० को अग्रता कायम गर्न सफल भएकी थिईन् ।
निर्धारित ५० औ मिनेटको खेलमा पहिलो हाफको खेलमा आफ्नो उतकृष्ठ प्रर्दशन गर्न नसक्दा उर्लावारी ३–० ले पछि प¥यो भने कानेपोखरी ३–० को अग्रतका साथ खेलको दोस्रो चरण प्रवेशको बलियो आधार तय गरेको थियो ।
खेलको दोस्रो हाफमा पनि उर्लावारीले सुधारीएको खेल पस्कन नस्कदा निरास बनेको उर्लावारीलाई दोस्रो हाफमा कानेपोखरीले दबावमा राख्दै खेलको ४२ औ मिनेटमा जिना विष्टले गरेको प्रहार गोलमा परिण हुँदा उर्लावारी ४–० ले पछि परेको थियो ।
बाँकी समयमा दुवै टिमवाट कुनै गोल हुन नसकेपछि कानेपोखरीले खेल ४–० ले आफ्नो पक्षमा पार्दै सेमिफाईनलको यात्रा तय गर्न सफल भएको छ ।
भोलीको खेल सुन्दरहरैचा नगरपालिका र लेटाङ नगरपालिका निलो(जाते) का विचमा हुने आयोजक अखिलले जानकारी दिएको छ ।
प्रतियोगिताको शनिवारको उद्घाटन समारोहमा पथरीशनिश्चरे नगरपालिका कि उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आथिथ्यता रहेको थियो भने, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य ताजिम अन्सारी,नेकपा का प्रदेश सदस्य रामकुमार वस्नेत लगायतले खेलकुदका क्षेत्रवाट युवा र विद्यार्थीलाइ समेटनु पर्ने वताएका थिए ।
प्रतियोगिता विजेता र उपविजेता टिमले क्रमस २५ र १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने अखिल क्याम्पस इकाई समितिका अध्यक्ष जनक पोख्रेलले बताए ।
खेलको मुख्य सहयोगिका रुपमा पथरीशनिश्चरे नगर खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषद रहेको साथै सो प्रतियोगितको दौरानमा स्थानिय स्तरवाट राष्ट्रिय टोलीमा पर्न सफल २ जना महिला फुटवल खेलाडि दिपा न्यौपाने र सरु लिम्वुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले वताएको छ ।