• पुस यूएई । वैदेशिक रोजगारीले नेपाली सामाजिक जनजीवन र परिवारमा परेका सकारात्मक प्रभाव र नकारात्मक असरलाई नेपाली सङगीत र साहित्यले नजिकबाट केलाउने क्रम जारी छ । यो विसयसँग सम्बन्धित भएर धेरै चलचित्र निर्माण भएका छन्, उपन्यास लेखिएका छन्, कथा , कविता रचना भएका छन्, अनि गीतहरू गाइएका छन् । एक वर्ष अगाडि गायक हेमन्त रानाले चालीस कटेसी रमाउने गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा नयाँ तरङ्ग ल्याएका थिए । गायक रानाको गीतको भावार्थ र नेपाली जनजीवनको यथार्थतालाई अनुभुत गराउने साथै रानाको गीतको प्रतिउत्तर स्वरुप केही गीतहरु सार्वजनिक हुदै छन् । यसै मेसोमा यूएईको नेपाली साङ्गीतिक क्षेत्रमा सुनाम कमाएका गायक नन्दु राईले चालिस नकाट्दै आफ्नी प्रेयसीसँग रमाउने वाचा गर्दै नयाँ गीत गाएका गत असारमा सार्वजनिक गरेका थिए ।

    गायक हेमन्त रानाले लाखौ प्रवासीको पीडा र वास्तविकतालाई शब्दचित्रमा उतारेर चालिस कटेसी रमाउन भन्ने आश्वासन दिइरहेको परिप्रेक्षमा यूएईमा श्रम पोखेर चालिस वर्ष उमेर नकट्दै नेपाल फर्किएका राईले प्रत्युत्तरमा यो गीत गाएको बताएका छन् ।

    भेडेटार धनकुटा घर भएका राई रोजगारका लागि करिब १२ वर्ष यूएईमा बसेर वास्तवमै चालिस वर्ष लाग्नुभन्दा अघि नै १ वर्षअघि नेपाल फर्किएका छन् । यो गीतमा गायक राईले आफ्नो मात्रै वास्तविक जिवनकहानी मात्रै नभएर लाखौं प्रवासी नेपालीहरुको ब्यथा, यथार्थता र सपना समेटिएको बताएका छन् ।

    ‘खेतवारी र डाडापाखा सुन्छु सुन्छु सबै खाली छ । आउला माया छिट्टै फर्कि नकटी है चालीस ‘ वैदेशिक रोजगारीको कारण नेपाली खेतबारीहरु बाझै भएको यथार्थ झल्लाउदै आफ्नी मायालुलाई चालिस नकाटदै फर्केर घर आउने प्रतिबद्धता गितमा गरिएको छ ।

    यो गीतको रचनागर्भ पनि वैदेशिक रोजगारसंग सम्बन्धित हुन पुगेको छ । बिगत ८ वर्षदेखि यूएईमै काम गरिरहेका सर्लाहीको बागमती नगरपालिका(४ का ईन्द्र सेन्चुरीले यो गीत रचना गरेका हुन ।

    अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ यूएई शाखाको सदस्यसमेत रहेका सेन्चुरी कथा, कविता, मुक्तक रचना का अतिरिक्त हास्यव्यंग्य क्षेत्रमा यूएईको नेपाली डायस्पोरामा संघर्ष गरिरहेका छन् ।

    बालुवाको बगर जस्तो सुख्खा भयो मन पनि मायाबिना केही होइन सुनचाँदी र धन पनि। धन कमाउने आश लिएर परदेश पुगे पनि मायाको अगाडि सुनचाँदी पनि केही होइन भन्ने पक्षमा गीतकार पुगेका छन् ।

    ‘सिउदो रगाई गाजल लगाई ओठमा लाली छ, आउला माया छिट्टै फर्की नकटी है चालिस’ गीतले एकै बसाईमा केही श्रङगार, केही पीडा र केही आश्वासन प्रस्तुत गरेको छ ।

    लोकआधुनिक लयमा गाइएको यो गीतको संगीत पनि गायक नन्दु राईको छ भने उक्त गीतको एरेन्ज टेकेन्द्र याक्सोले गरेका हुन् ।

    काठमाडौंको भोइस अफ नेपाल स्टुडियोमा रेकर्डिङ भएको यो गीतको भिडियो पुस १३ मा सार्वजनिक गरिएको छ । दिक्षान्त मुभिज क्रीएसनले युट्युबमार्फत सार्वजनिक गरेको भिडियोमा इन्द्र सेन्चुरी र साया भण्डारीले अभिनय गरेका छन् । अर्जुन सुनारको सिनेमाग्राफी रहेको यस गीतको भिडियोलाई खुम सुनारले निर्देशन गरेका हुन् ।

    https://www.youtube.com/watch?v=je_sgRak7Vg&feature=youtu.be&fbclid=IwAR1cFv6tZDiMPhGubD1VGAYh28YTmIMPxpaySSTwiym9xqaJ38XyYKLbSg8

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…