ओम आचार्य
धर्म निरपेक्ष रहिरहने हो भने जनतामा यति वितृष्णा आउछ की गणतन्त्र माथि नै प्रस्न उठ्न सक्छ , गणतन्त्र प्रती मोह , गणतन्त्र प्रती रुचि वनाइ राख्न मुलुक हिन्दु राज्यमा जानै पर्छ ,यो कुरा वल्ल नेपालि काग्रेसले बुज्न थालेको छ। जन चाहाना विरुध्द नेपाली काग्रेस जानु हुदैन र हिन्दु राज्य को एजन्डा लिंएर काग्रेस अगाडी वडनु पर्छ र मात्रै गणतन्त्रको रक्षा हुन्छ नभए ने क पा ले गणतन्त्र नै समाप्त गर्ने मार्ग प्रसस्त गर्न सक्छ ।
अहिले हिन्दु राज्य को बहस नेपाली कांग्रेस चल्दा महासमीति सदस्य ले दस्तखत अभियान चलाउदा ने क पा का शिर्ष नेताहरुको टाउको दुखाइ किन यति टाउको दुखाइ कमल थापाले यो एजन्डा मा अगाडी वड्दा पनि भएको थिएन ।
कमल थापा को पाटी र नेपाली काग्रेस को पाटी ले यो एजन्डा उठाउदा समानांतर रुपमा हेर्नु हुदैन । र नेपाली काग्रेसलाइ कमल थापाको पाटी संग यो एजन्डामा तुलना गर्न मिल्दैन ।
संविधान सभाको चुनावमा रा प्र पा कमल थापा पाटी ले यही एजन्डा मा जादा सामानुपातिक मा राम्रो मत ल्याएको थियो तर यो एजन्डा को आन्दोलन एकाएक रोकेर विश्राम लिएको हुदा उन्को जनआधार क्रमश खस्किन्दै गएको हो ।
अहिले यो हिन्दु राज्यमा नेपालि कांग्रेसमा छलफल र बहस हुदै गर्दा सवै भन्दा विक्षिप्त नेकपा भित्र देखिएको छ ।
नेपाली काग्रेस यदी हिन्दु राष्ट्र भनेर आन्दोलन मा गयो भने यो पाटीले नतिजा दिएर मात्रै विश्राम लिन्ंछ जसरी राण विरुध्द , पंचायती व्यवस्था विरुध्द हुदै शाही शाशन विरुध्द गंएको थियो यो कुरा ने क पा ले राम्ररी वुजेका छन र त्यही भएर आत्तिएर समाजिक सन्जालमा प्रस्तुत भएका छन ।