उर्लाबारी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.शेखर कोइरालाले केपी सरकारलाई उखानबाट देश नचल्ने सुझाप दिएका छन् । देश चलाउन सुसासन दिनुहोस ,विधिबाट हिड्नुहोस । भष्टचार गरेको भनेर कुरा ल्याउनुहुन्छ , तर त्यहि ब्यक्तिलाई नियुक्तती दिनुहन्छ , उनले भने,प्रधानमन्त्री ज्यु उखानबाट देश चल्दैन् । बरु दुर्घटनामा जान्छ ।
उनले वर्तमान सरकार संघीयता कार्यान्यवन नगर्ने पक्षमा रहेको आरोप लगाएका छन् ।
शनिबार मोरङ मिक्लाजुङमा नेपाली कांग्रेस मिक्लाजुङले आयोजान गरेको वृहत कार्यकर्ता भेला तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सो कुरा बताएका हुन् । नेता कोइरालाले सङ्घीयताअनुसार स्थानीय तथा प्रदेश सरकारलाई परिचालन गर्न नसक्नु र संविधानको मर्म एवम् भावनाअनुसार अधिकार बाँडफाँट नगर्नुले सरकार आफैँ सङ्घीयता विरुद्धमा रहेको देखाएको बताए। उनले भने, “प्रदेश सरकारलाई काम नदिनु तथा प्रधानमन्त्री आफैँले सबै अधिकार लिन खोज्नु सङ्घीयता धरापमा पार्ने कार्य हो।” उनले अब काङ्ग्रेस सुध्रिने र जनताको पक्षमा काम गर्ने दावी गरे।
वर्तमान सरकारले भ्रष्टचारलाई संस्थागत गर्दै जनताको ढाड सेक्न लागि परेको उनले बताए ।
कम्युनिष्टहरुले कानुन तथा प्रेसमाथि अंकुश लगाएर देश कब्जा गर्ने दाउमा पनि रहेको उनले बताए । कम्युनिष्टहरुले देशमा अधिनायकवाद ल्याएर लोकतन्त्रलाई खतरामा पार्ने काम गरिरहेको बताए ।
धर्म निरपोक्ष सम्बन्धि स्पस्ट व्यवस्था संविधानले गरेको र नेपाली कांग्रेसले पनि सबै धर्मलाई समान रुपले हेर्ने उनको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस मोरङ सभापती डिकबहादुर लिम्बुले समग्र नेपालीहरुको हित चाहने एक मात्र पार्टी कांग्रेस भएको दावी गरे ।
अर्का बक्ता नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापती खड्गबहादुर फागोले नेकपालाई दुई तिहाईको दम्भमा नलाग्न सुझाए ।
https://www.youtube.com/watch?v=hRt4TX-enHE&feature=share&fbclid=IwAR3K2em5FHrRFLcXM5FvlH2JX1jTMMPnCu4sZ-JyhMY2IpcEJSHAyWtvp-M