• समीर नेपाल

    रौतहट, १५ पुस । प्रजातान्त्रिक बिचार केन्द्रले आयोजना गरेको ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा महामानव वीपी कोईरालाको राजनीतिक एवम् साहित्यिक यात्रा स्मरण गर्दै ‘वीपी एक व्यक्तित्व अनेक’ नामक कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रम उद्घाटन गर्नुहुँदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम पुर्व स्वास्थ्यमन्त्री गगन थापाले वर्तमान केपी ओलीको सरकार आफ्नै भारीले थिचेर जाने बताएका छन् ।

    जनतालाई ठूला ठूला सपना देखाउने तर काम नगर्ने प्रबृती वर्तमान सरकारमा रहेको उनले बताएका छन् । उनले सरकारलाई चुनौती दिदै भने कम्युनिष्ट सरकारको बारेमा बोल्ने जिम्मा माधव नेपाललाई र कम्युनिष्ट पार्टीको बारेमा बोल्ने जिम्मा बामदेव गौतमलाई दिइयोस ।

    चिन्तन र सोच फराकिलो हुनु पर्दछ बीपीले लिएको बिचारलाई हेर्ने हो भने उहाँले प्रतेक मानिसको न्युनतम आवश्यकता पुरा हुनु पर्दछ भन्ने सोच थियो ।

    त्यसैले नेपाली कांग्रेसले जितेका स्थानीय तहका प्रमुख अनि उपप्रमुखले बीपीले अंगिकार गरेको सिद्धान्तलाई बिर्सनु हुँदैन भने ।

    नेपाली कांग्रेसबाट जितेकाले भ्रष्टाचार गर्ने हैन गरिबको पक्षमा काम गर्नुपर्ने बताएका छन् । बीपी कोईरालाको बारेमा सम्झन सजिलो छ तर अनुसरण गर्न गाह्रो छ भन्नु हुँदै उहाँले बीपी कोईराला चिन्तन मात्र हैन पार्टीको क्रियाशिल सदस्य र नेता रहेको बताए ।

    सो कार्यक्रममा नेपाली कांग्रेसका रौतहट अध्यक्ष श्रीकृष्ण यादब नेपाली साहित्यिक जगतका स्वनामधन्य नक्षत्र ज्ञानुवाकर पौडेल, नेपाली कांग्रेस सिन्धुलीका अध्यक्ष उज्वल बराल, नेपाली कांग्रेस रौतहटका प्रभाबशाली नेता मोहम्मद महताब आलम, संबिधान सभा सदस्य सुनिल कुमार यादब, परदेश सभा सदस्य धनलाल ठोकर, नेबिसंघका पूर्ब सहमहामन्त्री मिथलेश मिश्र लगायतले बीपिको बारेमा चर्चा गरेका थिए ।

    यस्तै साहित्यकारहरु रामप्रसाद पन्त, ठाकुर शर्मा, त्रिपुरा पौडेल, सुर्य लोकालुबाट रचना बाचन गरिएको थियो । प्रजातान्त्रिक बिचार केन्द्रका अध्यक्ष रबीनचन्द्र कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…