• पुस १५, काठमाडौँ । प्रहरीले लुटपाटमा संलग्न गुण्डा नाइके घैंटे समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ ।

    काठमाडौँ महानगर ३२ जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा पेस्तोल देखाएर लुटपाट गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    धादिङ्ग गल्छी घर भई हाल कंलकी बस्ने वर्ष ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, सोही स्थानका २५ वर्षीय केदारप्रसाद अधिकारी र काभ्रे भुम्जु गाउँपालिका घर भइ हाल चावाहिल बस्ने अञ्जान उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट चाइनिज पेस्तोल, एक राउन्ड गोली र खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका अर्जुन जग्गा कारबार गर्ने र पहिला समेत सार्वजनिक अपराधमा २ पटक सजाय पाएका व्यक्ति हुन् भने केदार नेपाल प्रहरीमा २ वर्ष र नेपाली सेनामा ३ वर्ष जागिर खाई भागेर विभिन्न अपराधिक गिरोहमा संलग्न रहँदै आएका व्यक्ति हुन् ।

    पक्राउ परेका तीनै जनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…