कुमार खड्का पौष १५,पथरी ।
लेटाङ लाई सडन डेथमा हराउदै सुन्दर हरैचाको एकता महिला फुटवल क्लव दोस्रो चरण प्रवेश गरेको छ ।
मोरङको पथरीबहुमखी क्यामपसको २ अखिलको आयोजनामा भएको दोस्रो दिनको पहिलो प्रथम नगरस्तरीय खेलमा एकता महिला फुटवल क्लवले सेमिफाईनलको यात्रा तय गरेको छ ।
स्थानिय सुनाखरी युवा क्लवको खेलमैदानमा आज (आईतवार) भएको को प्रतियोगितमा निर्धारित ५० औ मिनेटको खेलमा दुवै टिम गोल रहित वरावरीमा रोकिएका थिए त्यसपछि थप गरिएको ३ मिनेटको अतिरिक्त समयमा पनि दुवै टिम गोल रहित बरावरीमा रोकिएपछि खेल टा«ईवेकर तर्फ धकेलिएको थियो ।
टा«ईबकरमा एकता महिला फुटवल क्लवका खेलाडी लक्ष्मी जोगी, निर्मला चौहान र खुस्मा राईले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । भने सोहि क्लका खेलाडी मनिसा विष्ट र कोपिला लिम्वुले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन ।
यता लेटाङ निलो (जाते) का खेलाडी मञ्जु राई,रश्मी राई र पूर्णीमा लिम्वुले प्रहार गरेको वलले जाली चुमेको थियो । ईन्दिरा लिम्वु र आसा लिम्वुले प्रहार गरेको बल गोलमा परिणत हुन नसक्दा खेल सडन डेथमा पुगेको थियो ।
सडन डेथमा पहिलो प्रहार लेटाङकी अरुणा लिम्वुले गरेकी थिईन सो प्रहार एकताकी गोलकिपरले उतकृष्ट वचाउ गरेकी थिईन् । भने एकता महिलाको तर्फवाट पवित्रा राईले प्रहार गरेको बलले जाली चुम्दा लेटाङको जितको आशामा व्रेक लागेको थियो ।
सडन डेथमा एकता महिला फुटवल क्लवकी पवित्रा राईले प्रहार गरेको बल निर्णायक बन्दा लेटाङ निलो स्तबध बनेको थियो ।
आजको खेलको वुमेन अफ दि म्याच लेटाङकी गोलकिपर शनिषा राई घोषीत हुदै नगद १ हजार रुपैया हात पारेकी छिन् ।
भोलीकोे पहिलो सेमिफाईनल खेल कानेपोखरी महिला फुटवल क्लव र लेटाङ महिला फुटवल क्लव (रातो) का विचमा हुने अखिल क्रान्तिकारीका क्यामपस ईकाई अध्यक्ष प्रकाश चौहानले बताएका छन् ।
खेलको विजेताले नगद २५ हजार र उपविजेता टिमले नगद १५ हजारका साथमा ट्रफि मेडल र प्रमाण पत्र हात पार्ने आयोजकले जनाएको छ ।
प्रथम नगरस्तरिय महिला फुटवल खेलको फाईनल पौष १८ गते बुधवार हुने छ । खेलको मुख्य सहयोगिका रुपमा पथरीशनिश्चरे नगर खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषद रहेको छ ।
सो प्रतियोगितको दौरानमा स्थानिय स्तरवाट राष्ट्रिय टोलीमा पर्न सफल २ जना महिला फुटवल खेलाडी दिपा न्यौपाने र सरु लिम्वुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।