• धुलावारी पुस १५ । भानु बहुमुखी सहकारी संस्था मेचीनगर १० ले शिशु साक्षर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने स्वीटर वितरण गरेको छ ।
    सहकारीको सिद्धान्त समुदायमा सहकारी भन्ने भूल आस्थालाई आत्मासातथ गर्दै यस विद्यालयका १ सय ५५ जना विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण गरिएको हो ।
    आइतवार विद्यालयमा आयोजित एक समारोहकाबिच कार्यक्रमका प्रमुख अतिथि काँकरभट्टिा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहाल र सहकारीका अध्यक्ष गोपालप्रसाद चुँडालले बालकक्षाका विद्यार्थीहरुलाई स्वीटर लगाइदिएका थिए । सहकारीका सदस्यहरु अधययन गर्ने यस विद्यालयका विद्यार्थीहरु जाडो महिना समेत स्वीटर लगाएर आउन नसक्ने अवस्था बनेपछि सहकारीले सबै विद्यार्थीहरुका लागि करिब ५० हजार मुल्य बराबरको निःशुल्क स्वीटर वितरण गरेका हो । सहकारीका अध्यक्ष गोपालप्रसाद चुँडालले सामाजिक दायित्वमा आधारित सहकारीको सिद्धान्त अनुसार आफ्ना सेयर सदस्यका नानीहरु अध्ययन गर्ने विद्यालयका विद्यार्थीहरुलाई न्यानो स्वीटर प्रदान गरेका बताए । स्वीटर पाएपछि यस विद्यालयका विद्यार्थीहरु समेत दङ्ग परेका छन् ।
    सहकारीका अध्यक्ष चुँडालको अध्यक्षतमा भएको कार्यक्रममा विदालयका प्रधानाध्यापक यसोधा कुरुङ्माङ, विद्यालयका अधयक्ष बद्री खड्का, पिटिए अध्यक्ष शोभा घिमिरे, सहकारीका सल्लाहकार सदस्य भोजराज कोइराला, महिला उप समिति संयोजक कुसुम कोइराला , उप समिति सदस्य उमा पाण्डे, सुशिला सुवेदी, खड्गमाया गौतम, उपाध्यक्ष शंकर श्रेष्ठ, कोषाध्यक्ष युवराज बाँस्तोला, सदस्य खड्गनारायण राजवंशी, नविन नेपाल, व्यवस्थापक चन्दा चुँडाल, सह व्यवस्थापक साङ्गे शेर्पा, कर्मचराीहरु राजेश मेचे, दिपक सुवेदी, उर्मिला पौडेल, भावना गौतम, माया खड्का, किरण मेचे, पुजा प्रसाई र निर्मला सुब्बालगायत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सहव्यवस्थापक साङ्गे शेर्पाले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…