• धुलावारी । झापाका अग्रज पत्रकार चन्द्र भण्डारी अन्तराष्ट्रिय भाषा सम्मान पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । भारतको सिलगढीमा “सिलगढी नन्दी तिवारी स्मृति प्रतिष्ठान” द्धारा आयोजित “नन्दी तिवारी स्मृति पुरस्काकार अलङकरण समारोह”मा भण्डारी आइतबार सम्मानित हुनु भएको हो । उहाँलाई नेपाल र भारतको भाषा, साहित्य र संस्कृतिलाई अन्तराष्ट्रिय रुपमा एक आपसमा जोड्न साहित्य र पत्रकारिताको माध्यमबाट महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सो प्रतिष्ठानले पुरस्कृति गरेको हो । भण्डारी केही दिन अघि मात्र “गोरखा मित्र साहित्यीक सम्मान” बाट भारतको कलकत्तामा सम्मानित हुनु भएको थियो । उहाँलाई गत पौष १ गते लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कलकत्ताले सम्मान गरेको थियो । नेपाल पत्रकार महासंघका पूर्र्र्व महासचिव भण्डारी कञ्चनजङ्गा एफएमका प्रबन्धक निर्देशक हुनुहुन्छ ।
    सिलगढीमा आइतबार सम्पन्न समारोहमा “नन्दी तिवारी स्मृति साहित्य पुरस्कार” बाट महाकवि मोहन दुखुन, “नन्दी तिवारी स्मति युवा साहित्य पुरस्कार” बाट सुमित्रा अविरल थामी र छिमेकी साहित्य बंगलाका विकास बन्द्योपाध्याय सम्मानित हुनु भएको थियो । त्यस्तै नन्दी तिवारी शिक्षा पुरस्कारबाट प्रेरण प्रधान र येशु लामा सम्मानित हुनु भयो । जेष्ठ नागरिक सम्मानबाट डा. जे.बी. मङ्ग्राती, एस. रविदास, बी.बी. थापा, अशोक राई, भुपाल निरौला, लक्ष्मण श्रीमल, पी.एल. प्रेन्टिस, पदमेश्वरी राई, शारदा क्षेत्री र रेशमाया लामालाई सम्मान गरिएको थियो ।
    साहित्यकार, कवि, पत्रकार तथा भाषाविदहरुको उल्लेख्य सहभागीता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. जिवन नामदुङ, विषेश अतिथि चन्द्र भण्डारी, लोकनाथ उपाध्याय चापागाई, खेम सापकोटा, सुमित्रा अविरल थामी, विकास बन्द्योपाध्याय, रुद्र पौडेल मेघनाथ तिवारी लगायतले मन्तब्य राख्नु भएको थियो । डा. जिवन रानाको सभापतित्वमा सम्पन्न सम्मान समारोहमा सुष्मा मोक्तान गुरुङले संस्थाको बारेमा प्रकाश पार्नु भएको थियो । युवराज काफ्लेले स्वागत गर्नु भएको कार्यक्रमको संञ्चालन प्रतिष्ठानका सचिव सुकराज दियालीले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…