• झापा । नेबि संघ झापाको बिहिवार सम्पन्न १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित राजेन्द्र उप्रेतीको कार्यसमिति नै आधिकारीक रहेको केन्द्रीय अध्यक्ष नैनसिंह महरले प्रष्ट पारेका छन्।

    जिल्ला नेतृत्वमा भुवन बुढाथोकीले अर्को समितिको दावी गरेपनि उप्रेती नेतृत्वको निर्वाचित समिति नै आधिकारीक भएको महरले प्रष्ट पारेका हुन्। बिहिवार रातभर लगाएर निर्वाचन सम्पन्न पश्चात विजयी भएका उप्रेती प्रक्रियाका हिसावले पनि आधिकारीक भएको महरले बताए। यस अघि देउवा प्यानलले बुढाथोकीलाई आधिकारीक मान्ने बताउँदै आएको बेला केन्द्रीय अध्यक्षको यस्तो धारणा सार्वजनिक भएको हो ।

    नेपाल विद्यार्थी संघ आफ्नो महाधिवेशनको तयारीको सिलसिलामा विभिन्न जिल्ला तथा क्याम्पस इकाइहरुमा अधिवेशनको क्रममा रहेको छ। कतिपय स्थानमा केहि छिटफुट विवादका घटना भएपनि त्यसलाई विवेकपूर्ण ढंगले मिलाउने काम भइरहेको महरले बताए। कतिपय स्थानमा देखिएका विवाद अप्राकृतिक खालका रहेको उल्लेख गर्दै महरले झापामा प्रक्रिया पुरा गरेर अधिवेशन भएका कारण पनि त्यसमा थप विवादको कुनै अर्थ नभएको महरले प्रष्ट्याए।

    नेविसंघ झापाको अध्यक्षमा दावी गर्ने बुढाथोकीलाई जिल्लाका नेताहरु भगिरथ पोदार, प्रेम सम्बाहाम्फे, नारायण गिरी, मदन बुढाथोकी, शिव कडेँल, मनोज कार्कीको समर्थन छ। उनीहरुले सामाजिक सञ्जाललगायत विभिन्न मिडियामा बुढाथोकी अध्यक्ष भएको संप्रेषण गरेका थिए। तर केन्द्रीय अध्यक्ष महरको यो स्पष्टीकरणले बुढाथोकीको अध्यक्षको दावीलाई खारेज गरेको छ।

    निर्वाचनको प्रक्रियाबाटै चुनिएका राजेन्द्र उप्रेतीलाई झापा कांग्रेसका जिल्ला सभापति उद्धव थापा, नेता सुधिर शिवाकोटी, देउमान थेबे, नविन विमली, गणेश पोखरेललगायतको समर्थन रहेको छ। उप्रेतीसँगै कार्यसमितिको निर्वाचित सचिवमा नारायण नेपाल, कोषाध्यक्षमा नवराज ढकाल लगायत छन्। स्मरण रहोस् भुवन बुढाथोकीलाई देउवा प्यानलको समर्थन छ भने उप्रेतीलाई सिटौला प्यानलको समर्थन रहेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा र पार्टीका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको गृह जिल्ला झापामा भएको् नेवी संघको यो विवादले नेवी संघमा आबद्ध विद्यार्थीहरुमा अन्योल्ता छाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…