झापा। सनराइज बैंकले २ शाखारहित बैंकिङ्ग सेवाको विस्तार भएको छ । २७ औँ शाखारहित बैंकिङ्ग सेवा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं। १, मानेदोभानमा र २८ औँ शाखारहित बैंकिङ्ग सेवा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नं। १८, धरमपुरमा शुरू गरेको छ ।
महालक्ष्मी नगरपालिका वडा नं। १० का वडा सदस्य श्री छेवाङ लामा र लुभु शाखाका प्रवन्धक बिदुर पन्तले २७ औँ शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका थिए भने २८ औँ शाखारहित बैंकिङ्ग सेवा रामग्राम नगरपालिकाका मेयर नगेन्द्रकुमार गुप्ता र बैंकका प्रदेश नं।५ को प्रमुख राजेन्द्र घिमिरेले उद्घाटन गरि पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् ।
पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २८ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवा मार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जानकारी दिएको छ ।