• सुनसरी / मिस पुर्वाञ्चल २०१८ को उपाधि झापाकी पुजा श्रेष्ठले जित्न सफल भएकी छिन । सुनसरीको धरानमा शनिबार राति सम्पन्न उनले ताजसँगै यामाहाको स्कुटी, हङ्गकङ्ग भ्रमण र विभिन्न उपहार समेत प्राप्त गरिन । प्रतियोगितामा धनकुटा हिलेकी अनिला क्षेत्री फस्टरनरअप बनिन् । उनले नगद एक लाख सहित विभिन्न पुरस्कार प्राप्त गर्दा इटहरीकी तपस्या रणपहेली सेकेन्डरनरअप बन्दै नगद ५० हजार मा चित्त बुझाईन । फाईनल प्रतिष्पर्धामा मिस फोटोजेनिक र मिस मल्टिमिडिया टाइटल आकृति आचार्यले जितिन् ।

    वेष्टवाक र मिस ट्यालेन्ट सोनेता दाहाल, मिस पब्लिक च्वाईस र मिस इन्टिलेक्चुअल रुसाली केसी भइन् भने मिस फ्रेन्डसीप सलिना राजवंशी घोषित भए । उनीहरुले जनही १५ हजार पुरस्कार पाए । त्यस्तै फेस अफ डिभाइन आकृति आचार्य र फिटनेस स्वस्टिका विसुंखे घोषित भए । सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा वरिष्ठ वातावरणविद् राजेन्द्र खनाल लगायतका निर्णांयकहरुको टोलिले विजेता छनोट गरेको कार्यक्रम संयोजक सौरभ श्रेष्ठले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…