•  

    एजेन्सी : चर्चित भारतीय अभिनेता, लेखक तथा निर्देशक कादर खानको मृत्यु भएको भन्ने खबर झुटो रहेको बताइएको छ । एकाएक कादर खानको मृत्युको हल्ला चलेपछि उनका छोरा सर्फराजले यो खबर झुटो भएको स्पष्ट पारेका छन् ।

    भारतीय सञ्चार माध्यामहरुमा आएका खबरअनुसार भारत सरकारको स्वामित्वमा रहेको अल इन्डिया रेडियोले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा कादर खानको मृत्युको खबर पोस्ट गरेको थियो ।

    ट्वीटरमा सुप्रसिद्ध अभिनेता तथा संवाद लेखक हाम्राबीच रहेनन् इश्वरले उनको आत्मालाई शान्ती दिउन् भनेर लेखिएको थियो । हाल उक्त ट्वीट डिलिट गरिएको छ ।

    त्यही खबरलाई आधार मानेर धेरैले कादरको मृत्यु भएको हल्ला फैलाएका हुन् । हल्लापछि उनलाई श्रदाञ्जलि दिनेको बाढी नै चलेको थियो । छोरा सर्फराजले आफ्ना बाबुको मृत्यु भएको खबर झुटो भएको र उनी अहिले क्यानडाको अस्पतालमा उपचाररत रहको बताएका छन् । नेपालमा पनि सामाजिक सञ्जालतिर कादर खानको मृत्यु भएको भन्दै थुप्रैले उनलाई श्रदाञ्जली दिएका छन् ।

    ८१ वर्षीय कादर लामो समयदेखि बिरामी थिए । श्वास लिन समस्या भएपछि उनलाई केहीदिनअघि अस्पताल भर्ना गरिएको बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…