• राजाले गरेको शासन पछि बहुदलिय ब्याबस्था र अहिलेको गणतन्त्र सम्म आईपुग्दा देश झनै गरिब बन्दै गएर बिश्वमा नाम लेखाउन पुगेको छ ।कुनै दिन नेपालको युगलाई स्वर्णिम युग भनिन्थ्यो आज हामी यति गरिब भएका छौं कि आर्थिक मात्र नभई मानबिय दरिद्रता समेतले हामीलाई गाँजेको छ ।

    काठमाण्डौ -नेपालमा भौगोलिक बिकटता र विकराल परिस्थीतीमा पनि जनतामा बिस्वाश र भरोसाको जग बसाउन सफल मानिने राजसंस्था एक

    शासकीय उदाहरण मात्र नभई राजालाई बिष्णुरुप मान्ने तमाम हिन्दु धर्मलम्बीहरुको आस्थाको धरोहर मानिन्थ्यो।
    संसारभरिका राजकिय सत्ता परिबर्तन हुंदै जाने क्रममा अरबी देशहरुमा आएको एक बाडिले उग्र रुप लियो तर नेपालका राजाले तत्कालिन अबस्थामा सहजै गद्दी छाडेर सहजता बनाईदिए।यो उदाहरणले बताउंछ कि राजाहरु प्रजाका लागी कति उदार रहेछन ।

    अहिलेको कुर्ची तानातानको अबस्थामा पनि राजाले गरेको त्याग केबल जनमुखी सत्ता होस भन्ने मात्र थियो।
    लिच्छबी काल ,मल्लकालमा भएका संरचना आज पनि दुनियांभरमा प्रशिद्द छ ,तर तिनै संरचनाहरु कति समय देखी राजपरिवारले संरक्षण गरे र आफ्ना पुस्ताहरुलाई हस्तान्तरण गर्दै गए ।अहिले आएर ति धरोहर र राष्ट्रिय सम्पदाहरु जोखिम बन्दै गएका छन ।धार्मिक महत्वका मठ मन्दिरहरु अब केबल कतै छाना मात्रै त कतै जमिन मात्रै बाँकी छन।

    राजाले गरेको शासन पछि बहुदलिय ब्याबस्था र अहिलेको गणतन्त्र सम्म आईपुग्दा देश झनै गरिब बन्दै गएर बिश्वमा नाम लेखाउन पुगेको छ ।कुनै दिन नेपालको युगलाई स्वर्णिम युग भनिन्थ्यो आज हामी यति गरिब भएका छौं कि आर्थिक मात्र नभई मानबिय दरिद्रता समेतले हामीलाई गाँजेको छ ।

    समग्रमा नेपालमा भएका विकास निर्माणका कामहरु जति राजाका पालामा भए सामान्य नागरिकलाई सहज तरिकाले थाह पाउने तरिकाले भन्नु पर्दा त्यस्को केबल केही अंश मात्रै पनि अहिले हुन सकेको छैन।
    अहिले आएर नागरिकहरुले मनन गर्न थालेका छन कि बास्तबमै राज्य संचालनमा जति शाह वंशले गरेको योगदान बषौं पछि पनि अनुभुती हुन सकेन ।
    राजालाई फेरी गद्दि आरोहण गराउन लागी परेकाहरुले अब आफ्नो कार्यक्रमहरु बुलन्द पार्दै अगाडी जाने हो भने पक्कै पनि जनताको साथ नरहला भन्न सकिने स्थिती छैन।

    शाह वंशको धरातलमा हेर्दा पृथ्वीनारायण शाहद्वारा बसालिएको २४० वर्ष पुरानो शाह वंश जेठ १५, २०६५ का दिन नेपाली जनताको चाहना र वलिदानमा समाप्त हुनगएको थियो। शाह वंशको उदय र पतनको इतिहासमा अब करिब करिब पूर्णविराम लागेको छ।
    तथापी यो पुनर्जिबत गर्न कठिन होला तर अशम्भब भने छैन। शाह वंशको पतन कसरी हुन गयो त? अब यसको अनुसन्धान र विश्लेषणको जिम्मा इतिहासकारहरूको काँधमा आएको छ। निश्चय नेपालको एकीकरण र त्यसमा शाह राजाहरूको नेतृत्वको योगदानलाई इतिहासले विर्सनेछैनन्। तर एकीकरणसंगै एकीकरणको निरन्तरता आवश्यक पर्ने परिप्रेक्षमा सो हुन नसक्नु नै प्रमुख मुद्दा उठिरहेको आजको अवस्था हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…