• काठमाडौं – केही दिनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै गर्दा नेपाली कांग्रेसका युवा नेता गगन थापाको माइक काटियो ।

    कम्युनिस्ट सरकारका काला कर्तुतहरू संसदमै छताछुल्ल गर्न थालेपछि कम्युनिस्ट पार्टीबाट सभामुख बनेका कृष्णबहादुर महराको निर्देशनमा गगन थापाले बोलिरहेको माइक काटियो । तर गगन थापा संसदमा मात्रै होइन, बाहिर बोलेर पनि कम्युनिस्ट सरकारले चुनौती दिन सक्छन् ।

    नेता गगन थापाले रौतहटमा आयोजित एक कार्यक्रममा बोल्दै कम्युनिस्ट सरकारलाई चुनौती दिएपछि समर्थकहरूले भन्न थालेका छन्, कम्युनिस्टहरू संसदमा त माइक काट्यौ, अब के काट्छौ ?’

    प्रजातान्त्रिक विचार केन्द्रले आयोजना गरेको ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा महामानव वीपी कोइरालाको राजनीतिक एवम् साहित्यिक यात्रा स्मरण गर्दै ‘वीपी एक व्यक्तित्व अनेक’ नामक कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रम उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले वर्तमान केपी ओलीको सरकार आफ्नै भारीले थिचेर जाने बताएका छन् । जनतालाई ठूला ठूला सपना देखाउने तर काम नगर्ने प्रवृत्ति वर्तमान सरकारमा रहेको उनले बताएका छन् ।

    उनले सरकारलाई चुनौती दिँदै भने, ‘कम्युनिस्ट सरकारको बारेमा बोल्ने जिम्मा माधव नेपाललाई र कम्युनिष्ट पार्टीको बारेमा बोल्ने जिम्मा वामदेव गौतमलाई दिइयोस् ।’

    चिन्तन र सोच फराकिलो हुनुपर्ने बताउँदै नेता थापाले वीपीले लिएको विचारलाई हेर्दा वीपीले मानिसको न्युनतम आवश्यकता पूरा गर्नुपर्छ भन्ने सोच राखेको बताए । ‘नेपाली कांग्रेसले जितेका स्थानीय तहका प्रमुख अनि उपप्रमुखले वीपीले अंगिकार गरेको सिद्धान्तलाई बिर्सनु हुँदैन,’ उनले भने ।

    नेपाली कांग्रेसबाट जितेकाले भ्रष्टाचार गर्ने हैन गरीबको पक्षमा काम गर्नुपर्ने उनले बताए । ‘वीपी कोइरालाबारे सम्झन सजिलो छ । तर अनुसरण गर्न गाह्रो छ । वीपी कोइराला चिन्तन मात्र होइन । पार्टीको क्रियाशील सदस्य र नेता थिए,’ उनले भने ।

    कार्यक्रममा नेपाली कांग्रेसका रौतहट अध्यक्ष श्रीकृष्ण यादव, नेपाली साहित्यिक जगतका स्वनामधन्य नक्षत्र ज्ञानुवाकर पौडेल, नेपाली कांग्रेस सिन्धुलीका अध्यक्ष उज्वल बराल, नेपाली कांग्रेस रौतहटका प्रभाबशाली नेता मोहम्मद महताब आलम, संबिधान सभा सदस्य सुनिल कुमार यादब, प्रदेश सभा सदस्य धनलाल ठोकर, नेविसंघका पूर्वसहमहामन्त्री मिथलेश मिश्र लगायतले वीपीको बारेमा चर्चा गरेका थिए ।

    साहित्यकारहरु रामप्रसाद पन्त, ठाकुर शर्मा, त्रिपुरा पौडेल, सुर्य लोकालुबाट रचना बाचन गरिएको थियो । प्रजातान्त्रिक बिचार केन्द्रका अध्यक्ष रबीनचन्द्र कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…