पौष १६, पथरी । मोरङको कानेपोखरी गाउपालिका वडा नम्वर ७ को कानेपोखरी चौकमा खानेपानी ट्याङ्की बन्ने भएको छ ।
सो खानेपानी आयोजनाको सिल्यान्यास आज (सोमवार) एक कार्यक्रमका विचमा समपन्न भएको छ । संघिय सरकारको ४२ लाख र प्रदेश सरकारको १ करोड रुपैयाको लागतमा आर्थिक वर्ष २०७५÷७६ मा योजना समपन्न गर्ने गरि कार्ययोजना तयार भएको सो खानेपानी आयोजना तथा सरसफाई समितिका अध्यक्ष मान बहादुर चौहानले बताएका छन् ।
आर्थिक वर्षको अन्त्य सम्ममा २ लाख ५० हजार क्षमताको ओभरहेड ट्याङ्कीको निर्माण गरि पालीकाका वडा नम्वर ५ र ७ का ५ सय ५० घरधुरी का जनताले सो खानेपानी को प्रतक्ष्य लाभ लिन सक्ने भएको जानकारी गराईएको छ ।
२०७२ सालको महा भुकम्पको असर र स्थानिय प्राकृतिक स्रोत साधनको चरम दोहनका कारण पानीका मुहानहरु सुक्दै गईरहेको अवस्थामा पानीको स्रोतको रुपमा गाडिएका ट्युवेलहरु बाट पानी सुक्दै जाने क्रम बढ्दै गएपछि जनतामा स्वच्छ र स्वास्थ्य खानेपानीको पहुँच पु¥याउने उदे्श्यका साथमा प्रदेश सभा सदस्य सुयर्माराज राईको पहलमा सो खानेपानी योजनाको व्यावस्था गरिएको हो । यो क्रमागत रुपमा विकाश गरिदै लगिने भएको छ ।
शिल्यान्यास कार्यक्रमका प्रमुख अथिति राईले जनता विकाशको भोका रहेकाले जनताको जन चाहान अनुसारको दिगो विकाश र समृद्घ नेपाल सुखी नेपाली को महत्वकाक्षी योजनालाई पुरा गर्न आफुले आप्mनो ठाउँ बाट खेल्नु पर्ने समपुर्ण भुमिका निर्भाह गर्न तयार रहेको उनले बताए ।
साथै उनले चुनाव ताका अफुले जनताका सामु गरेको प्रतिवद्घता हरु आफ्नो कार्यकालमा पुरा गर्दै जाने आश्वसन समेत प्रकट गरेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै राईले अफुलाई विगतका केहि पक्षहरुले विकाश विरोधिको संज्ञा दिएता पनि आफु विकाश विरोधि नभएर जनताको जन चाहान र दिगो विकाश, समृद्घ नेपाल सुखी नेपाली दिर्घकालीन रुपमा कसरी वनाउन सकिन्छ भनेर स्थानिय स्तरमा भएका अनैतिक प्राकृतिक स्रोत साधनको चरम दोहन गर्ने हरुको विरोधि मात्र भएको वताए ।
स्थानिय जनजागृति सामाुदायिक वन क्षेत्रको ५ कट्ठा १० धुर जग्गाको क्षेत्रफलमा आगामी ३ वर्ष भित्रमा निर्माण समपन्न गर्ने गरि खानेपानी आयोजनाको थालनी गरिएको खानेपानी तथा सरसफाई कार्यालय विराटनगरका प्रतिनिधी रुद्र घिमिरेले वताए ।
कार्यक्रममा खानेपानी तथा सरसफाई कार्यालय विराटनगरका प्रतिनिधी घिमिरे,रोहित कुमार मास्के,वडा नम्वर ७ का वडा अध्यक्ष मोहन प्रसाद अधिकारी,स्थानिय ग्रामिण सुधार सामुदायिक वनको अध्यक्ष नविन राई राजनैतिक दलका प्रतिनिधि समाजसेवी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमका विशिष्ट अथितिका रुपमा रहेको वडा नम्वर ७ का वडा अध्यक्ष अधिकारीले खानेपानी आयोजनाका लागि वडा कार्यालयको तर्फ वाट सक्दो सहयोग गर्ने बताएका छन् ।