• धुलावारी । साहरा नेपाल साकोसको क्षेत्रीय कार्यालय धुलावारीमा साधारणसभाका लागि प्रतिनिधि छनोट सम्पन्न भएको छ । यहि पुष २८ गते विर्तामोडमा हुने साहराको बार्षिक साधारणसभाका लागि धुलावारी कार्य क्षेत्रबाट प्रतिनिधि छनोट गरिएको हो ।
    कुल ६ सय ६७ सदस्य रहेको यस क्षेत्रबाट ३४ महिला र ३२ पुरुष गरी ६६ जना प्रतिनिधि साधारणसभाका लागि छनोट भएका छन् । धुलावारीमा सोमवार आयोजित प्रतिनिधि छनोटमा १० बराबर १ का दरले छनोट गरिएको थियो ।
    साहराका अध्यक्ष ताराप्रसाद सञ्जेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा परामर्श समितिका हरिचरण बानियाँ, सल्लाहकार मोहनराज दाहाल, सेवा केन्द्र समितिका संयोजक भगिरथ सुवेदी, जिल्ला अदालतका पूर्व उपसचिव इन्द्रकुमार प्रधान, राष्ट्रिय बाणिज्य बैंकका सह निर्देशक मनोज बानियाँ, साहित्यकार तेराखलगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रमको सञ्चालन कार्य समिति सदस्य भीम गिरीले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…