बाहुनडाँगी । नेपाल जेसीजको वर्ष २०१९ को कार्य समितिलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
सोमवार थापाथली स्थित जेसीज सचिवालयमा भएको विशेष समारोहमा वर्ष २०१८ को टिमले वर्ष २०१९ को नवनिर्वाचित टिमलाई पद बहाली गरेको थियो ।
वर्ष २०१८ का अध्यक्ष सिनेटर श्रीधर बस्यालले वर्ष २०१९ का अध्यक्ष सिनेटर महेश पौडेललाई जेसीज चेन हस्तान्तरण गरी अध्यक्षको कुर्सीमा बहाली गरेसँगै अध्यक्ष पौडेलको कार्यभार सुरु भएको छ ।
एक साता अघि जनकपुर महाधिवेशनबाट निर्वाचित भएर आएको नयाँ नेतृत्वलाई २०१८ का सबै पदाधिकारीहरुले आ आफ्नो पदको पद हस्तान्तरण गरेका थिए । पद हस्तान्तरण कार्यक्रममा बोल्दै वर्ष २०१८ का अध्यक्ष सिनेटर श्रीधर बस्यालले जेसीजको मिसन र भिजन प्राप्तिका लागि जेसीज अभियानमा जुट्न आग्रह गर्नु भएको थियो । साथै नव निर्वाचित अध्यक्ष सिनेटर महेश पौडेलले आम जेसीज मनहरुको मत र भावनालाई कदर गर्दै नेपाल जेसीजको इतिहासलाई थप उचाइमा लैजान आफु कटिबद्ध भएर लाग्ने बताउनु भयो ।
महाधिवशेनबाट वर्ष २०१९ का लागि कार्यकारीणी उपाध्यक्षमा नुवाकोट जेसीजका रविन पोखरेल, विराटनगर जेसीजका श्याम सुन्दर पौडेल मिलन,गछिया जेसीजका अमिश ढकाल र कपिलवस्तु जेसीजका रमेशचन्द्र भुषाल निर्वाचित भएका थिए । यसैगरी राष्ट्रिय उपाध्यक्षहरुमा रामनगर जेसीजका भोजराज चापागाई, त्रिभूवन नगर जेसीजका लालमणि भण्डारी, भकुण्डेबसी जेसीजकी रुकमणि भण्डारी, सिद्धार्थ जेसीजका कमल भण्डारी, गैडाकोट जेसीजका गोकुल सापकोट, नवलपुर जेसीजका कृष्णप्रसाद अर्याल, नारायणगढ जेसीजका अर्जुन अधिकारी, पाटन जेसीजका सुमनकृष्ण श्रेष्ठ, अतरिया जेसीजका दिनेश बोहोर, काठमाडौँ जेसीजकी इनु थापा, बसामाडी जेसीजका हरि शर्मा, थानकोट जेसीजका मोहनलाल डाँगी निर्वाचित भएका थिए ।
यसैगरी नव निर्वाचित राष्ट्रिय अध्यक्ष महेश बस्नेतले महासचिवमा गोदावरी जेसीजका अभिषेक श्रेष्ठ, कोषाध्यक्षमा शुक्लागण्डकी जेसीजका सुजन श्रेष्ठ र कानुनी सल्लाहकारमा जनकपुर जेसीजका जितेन्द्र महासेठलाई मनोनित गर्नु भएको थियो । सबै पदाधिकारीहरुका पदभाहार भएको छ ।