• काँकरभिट्टा । नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले झापामा विधागत संगठन निर्माणलाइ प्राथमिकता दिएको छ । युनिकम नेपाल अन्तर्गत वितरक कर्मचारी युनियन झापाको गठन भएको हो । डिलरमा कार्यरत कर्मचारी र श्रमिक ले वितरक कर्मचारी युनियन मा प्रतिनिधित्व गरेका छन ।
    यस अघि युनिकम नेपालले झापामै मार्के्टिंग अर्थात कम्पनि प्रतिनिधि संघ गठन गरिसकेको छ । सोमबार बिर्तामोडमा सम्पन्न भेलाले तेजु अधिकारीको अध्यक्षतामा ११ सदस्यीय वितरक कर्मचारी युनियन गठन गरेको केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले जानकारी दिनु भयो ।
    समितीको सचिव मा खगेन्द्र उप्रेती रहनु भएको छ ।यस्तै सदस्य हरुमा तेज प्रसाद सिटौला ,शुभम श्रेष्ठ , बुद्धिमान चौधरी ,प्रवेश पोखरेल ,कुमार श्रेष्ठ ,दुर्गा बहादुर थापा ,बद्रि आचार्य ,नवराज दुलाल र भुषण कर्ण रहनु भएको छ ।
    व्यापार क्षेत्रमा क्रियाशील डेढ दर्जन बढी डिलर हरुमा कार्यरत कर्मचारी उपस्थित भेलामा बोल्दै युनिकम केन्द्रीय अध्यक्ष पौडेल ले संगठन को महत्व ,कर्मचारीको अधिकार तथा कर्तव्यका विषयमा चर्चा गर्नु भयो । उहाले सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रममा आफ्नो रोजगारदाता कम्पनि सुचिकृत भए नभएको वारे जानकारी राख्न सहभागीलाई सचेत गराउनु भयो । रोजगार प्रदायक निकाय सुचिकृत भए पछिको तीन महिना भित्र सम्बद्ध कर्मचारी श्रमिक लाइ सुचिकृत गराउन युनिकम नेपालले पहल गर्ने पनि वताउनु भयो । भेलाका सहभागी कर्मचारी एवं श्रमिकलाई युनिकम नेपालका प्रदेश संयोजक श्याम प्रसाद खड्गीले स्वागत गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…