• पौष १७, काठमाडौं, सन् २०१८ पनि नेपाल प्रेस जगतका लागि चुनौतिपूर्ण वर्ष रहेको नेपाल पत्रकार महासंघले जनाएको छ । नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन ईकाइका अनुसार यो वर्ष ५८ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु भएका छन् ।

    सन् २०१७ मा प्रेस स्वतन्त्रता हननका ७३ वटा घटनाहरु अभिलेख भएको महासंघले जानकारी दिएको छ । तुलनात्मक रुपमा यो बर्ष प्रेस स्वतन्त्रता हननका घटनाहरुमा कमि आएको भएतापनि कानुनी रुपमा यो बर्ष चुनौतिपूर्ण बर्षको रुपमा रहेको महासंघले जनाएको छ ।

    ग्त भदौ १ गतेदेखि लागू गरिएको मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी केही प्रावधानले गर्दा नेपाली प्रेस जगतका लागि चुनौतीपूर्ण बनेको महासंघले ठहर गरेको छ । महासंघले मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान सच्चाउनका लागि विभिन्न दबाबमूलक अभियान नै सञ्चालन गरेको महासंघले जनाएको छ ।

    सन् २०१८ मा १५ जना पत्रकारमाथि आक्रमण भएको छ भने १३ जना पत्रकारलाई धम्की दिइएको थियो । महासंघको अनुगन इकाइमा अभिलेख भए अनुसार समाचारको विषयलाई लिएर पत्रकारमाथि आक्रमण र धम्की दिइएको थियो ।

    यस्तै सो अवधिमा १२ जना पत्रकारलाई समाचार संकलनका क्रममा वा समाचार छापेको निहुँमा दुव्र्यवहार गरियो भने पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध पु¥याइएका ६ वटा घटना रहेका छन् ।
    पत्रकारको संस्था तथा पत्रपत्रिका कब्जा गरिएका ४ वटा घटना अभिलेख भएका छन् भने नीतिगत बन्देजको एउटा घटना रहेको छ । त्यसैगरि एक जना पत्रकार वेपत्ता भएका छन् । नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का गत भदौ १० गते बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा सम्पर्कविहीन भएका थिए ।

    त्यसैगरी यो अवधिमा ६ जना पत्रकार पक्राउ परेका छन् । अनुगमन इकाका अनुसार पक्राउ परेकामध्ये राजु बस्नेत, एन्जीला सापकोटा, गोपाल चन्द्र लगायतका पत्रकारलाई प्रहरीले समाचार लेखेकै आधारमा पक्राउ गरी आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गई विद्यृतीय कारोबार ऐन, २०६३ अन्र्तगत मुद्दा चलाएको थियो । प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा चित्त नबुझे उजुरी गर्ने संस्था प्रेस काउन्सिल रहेको महासंघले जनाएको छ ।

    राष्ट्रपतिको कार्यालयमा हुने कार्यक्रम, विभिन्न भिइआइपिको आगमनका क्रममा तथा संसदिय समितिहरुको बैठकमा पत्रकारलाई समाचार संकलनमा बञ्चित गरिने काम भएको छ भने जनप्रतिनिधिहरुबाट पनि पत्रकारलाई दुव्र्यवहार, धम्की र आक्रमण समेत भएको अभिलेख महासंघ संग रहेको जनाएको छ । समाचार नेपाल समाचारपत्रमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…