• काठमाडौं । जनवरी १ तारिख । टोपी दिवस । अंग्रेजी नयाँ वर्षको रौनकमा विश्व डुबिरहँदा विश्वभर नै छरिएर रहेका नेपालीहरुले त्यही नयाँ वर्षमा टोपी लगाएर टोपी दिवस मनाउँछन् । पछिल्ला केही वर्षदेखि टोपी बचाउ अभियान पनि यसमा समेटिएको छ ।

    विशेषगरी युवाहरुले टोपी दिवसमा ढाकाको टोपी ढल्काएर एकतावद्ध भएर हिंड्छन् । यतिसम्मकि टोपी पुरुषलेमात्र लगाउने भए पनि महिलाले समेत टोपी लगाएर ऐक्यवद्धता जनाएको पाइन्छ ।

    युवाहरुले व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित गराउँदै आएका छन् ।

    जागरुक युवा अभियान नेपालले केही वर्षदेखि यो अभियान चलाउँदै आएको छ ।

    शताब्दीऔं देखि प्रयोग भैरहेका टोपीहरुको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको छ ।

    नेपालमा भने सन् २००८ देखि मनाउन थालिएको हो । नेपालमा अझै पनि युवाले टोपी लगाउँदा हेर्ने नजर फरक छ ।

    बुढापाका र उच्च ओहदामा रहेकाहरुले भने टोपी लगाउँदै आएका छन् । यसले उनीहरुको ओजसमेत बढाएको पाइन्छ ।

    अघिल्लो समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…