उर्लाबारी । केवीआई ग्रुपले उर्लाबारी ९ स्थित आम्बारी खेल मैदान र सार्वजनिक माविलाई आर्थिक सहयोग गरेको छ । आम्बारी मैदानकोस्तरोउन्नतीको लागि नगद ६० हजार १ सय १५ रुपैंया सहयोग गरिएको छ । सो रकम मैदान संरक्षण समितिका अध्यक्ष समिर तुम्बाहाम्फे र सचिव विजय आङबुहाङलाई केवीआईका अध्यक्ष लक्ष्मी खापुङ इन्द्रले हस्तान्तरण गर्नुभयो । संस्थाका भीम पन्धाक,कसल लिम्बू र लक्ष्मी खापङुले मैदानको लागि उक्त नगद दिने निर्णय गर्नुभएको थियो । उहाँहरुको निर्णय अनुसार सार्वजनिक माविलाई नगद ८० हजार सहयोग गरिएको छ ।
विद्यालयका अध्यक्ष कुरुराज आङबुहाङलाइ उक्त रकम अध्यक्ष खापुङले हस्तान्तरण गर्नुभयो । मैदान गौचरन तथा संरक्षणबिहीन बनेको अवस्थामा युवाहरुयो महान काममा सहयोग गरेको अध्यक्ष खापुङको भनाई छ । उहाँले विद्यालयको अवस्थाबारे शिक्षकहरुसँग अन्तरक्रिया गर्दै शैक्षिक स्तरको सुर्धान सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा केवीआई ग्रुपका अध्यक्ष लक्ष्मी सहित सदस्यहरु योवाहाङ तुम्बाहाम्फे,रुद्र सुब्बा लगायतको सहभागिता रहेको थियो । यसअघि नेपाल आउदा संस्थाका भीम पन्धाकले सार्वजनिक स्कुलको लागि हङकङमा कसल लिम्बूको नेतृत्वमा १ लाख ३० हजार र गु्रपबाट ५० हजार सहयोग सहयोग गर्नुभएको थियो ।
यस्तै ग्रुपले उर्लाबारी—९ कै प्रभात आधारभूत विद्यालयलाई पनि कसल लिम्बूको नेतृत्वमा नगद १ लाख ७७ हजार ६ सय सहयोग गरेको भीम पन्धाकले जानकारी दिनुभएको छ । गु्रपले यसअघि प्रभात निमाविको घेराबाराको लागि नगद ५० हजार पनि सहयोग गरिसकेको छ