• कुमार खड्का  पौष १८,पथरी   मोरङको पथरीमा रहेको लायन्स क्लव अफ पथरीको पदस्थापना कार्य सम्पन्न भएको छ ।
    सन २०१८÷१९ का लागि लायन्सले ५ सदस्यी कार्यसमित चयन गरेको हो । जसमा वर्ष २०१८÷१९ का लागि पथरी लायन्सको अध्यक्षमा लायन उमेश खड्का,फस्ट भिपिमा लायन टिका दंगाल,सेकेन्ड भिपीमा लायन उमेश कडेल सचिवमा रोशन बुढाथोकी र कोषाअध्यक्षमा लायन भगवती कटुवालको पदस्थापना भएको छ ।


    गत असारमा चुनिएका लायनका पदाधिकारी हरुलाई लायन थ्रि टु फाईभ ए वान का डिस्ट्रिक गर्भनर अन्नत प्रसाद भेटवालको उपस्थितिमा लायन पथरीका पदाधिकारीहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।
    स्थानिय पूर्वेलि पार्टि प्यालेसमा सोमवार पथरी लायन्स र पथरी लायन्स योङहार्टको संयुक्त आयोजनमा भएको सो कार्यक्रममा योङहार्टका २८ जना सस्थापक सदस्यलाई भेटवालको उपस्थितिमा सस्थागत प्रमाण पत्र वितरण गरिएको लायन्स योङहार्टका सचिव लायन गणेश कुमार राईले वताएका छन् ।
    योङहार्ट लायन्सले स्थानिय स्तरमा लायन्सको उद्ेश्य अनुसारको समाजिक कार्यहरु विगत केहि समय अगाडि देखी चुस्तदुरुस्त रुपमा गर्दै आएको र आगामी दिनमा पनि त्यस्ता कार्यहरुलाई निरञ्तर रुपमा गर्दै लैजाने योङहार्ट लायन्स वर्ष २०१८÷१९ का अध्यक्ष केदार वोहोराले वताएका छन् । साथै उनले योङहार्टले आफ्नो सामाजिक कार्यको ३९ प्रतिशत योगदान रक्तदानमा गर्दै आएको र अन्य ६१ प्रतिशत कार्य विभिन्न समाजिक कार्यमा योगदान गर्दै आएको कुरा बताए ।
    योङहार्ट लायन्स वर्ष २०१८÷१९ को कार्यमितिमा क्रमस अध्यक्ष,फस्ट भिपि,सेकेन्ड भिपि,सचिव र कोषअध्यक्षमा केदार बोहोरा,राजेन्द« वस्नेत,प्रदिप फुयाल,गणेश कुमार राई र शर्वलाल राईको ५ सदस्यि कार्यसमित रहेको छ ।
    सो पदस्थापना कार्यक्रममा आईपिडिजी लायन लिला कुमार ढुङगेल,क्याविनेट सेक्रेटरी रेवत बहादुर कार्की, थ्रि टु फाईभ का फस्ट गर्भनर लायन राजन खत्रि प्रमुख अथिति नगर प्रमुख दिलिप कुमार राई को उपस्थिति रहेको थियो ।
    कार्यक्रमको सम्वोधन गर्दै प्रमुख अथिति राईले नगरमा समाजिक क्षेत्रमा अहोरात्र खटिएर समुन्नत समाज निर्माणमा लागेका सामाजिक सोच भएका युवा हरुको साझा कार्यमा हातेमालो गर्दै नगरले लायन्सले गरेका कार्यहरुमा प्रतिशतका आधारमा सहयोग गर्दै जाने प्रतिबद्घता समेत व्यक्त गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…